माग बढेसँगै अण्डाको मूल्य पनि बढ्यो, अब कति ?
काठमाडौं । अण्डाको मूल्यमा वृद्धि भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको हो। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । संघका अनुसार ठूलो अण्डा (३० वटा) को एक क्रेटको फार्म मूल्य ४९५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डा ४६५ रुपैयाँ प्रतिक्रेटमा बिक्री हुँदै आएको थियो, जसअनुसार मूल्य ३० रुपैयाँले बढेको हो ।
यस्तै, मझौला अण्डाको फार्म मूल्य ४७५ रुपैयाँ कायम गरिएको छ । यसअघि मझौला अण्डा ४४५ रुपैयाँ प्रतिक्रेटमा बिक्री हुँदै आएको थियो । संघका अनुसार गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यस समयमा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा कडाइ हुनु र माग बढ्नु अण्डाको मूल्य वृद्धिका मुख्य कारण भएको बताए । संघका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ । यसअनुसार किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ ।
संघले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

