काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओको बाँडफाँड भोलि (माघ १२) हुने भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।
आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबर आवेदन दिएका छन्। यो माग कम्पनीले जारी गर्ने शेयरभन्दा ३.८६ गुणा बढी हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २ करोड कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ। यसमध्ये आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० लाख कित्ता बाँडिएको छ। बाँकी ९० लाख कित्तामध्ये ५ लाख सामूहिक लगानी कोषका लागि, ३ लाख कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ८२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले सोलु हाइड्रोपावरलाई ‘आइआरएन डबल बी इस्यूअर’ रेटिङ्ग दिएको छ।





