सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओको बाँडफाँड भोलि (माघ १२) हुने भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।
आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबर आवेदन दिएका छन्। यो माग कम्पनीले जारी गर्ने शेयरभन्दा ३.८६ गुणा बढी हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २ करोड कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ। यसमध्ये आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० लाख कित्ता बाँडिएको छ। बाँकी ९० लाख कित्तामध्ये ५ लाख सामूहिक लगानी कोषका लागि, ३ लाख कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ८२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले सोलु हाइड्रोपावरलाई ‘आइआरएन डबल बी इस्यूअर’ रेटिङ्ग दिएको छ।
सम्बन्धित समाचार
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

