• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • ८ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १० घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १० घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • ११ घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • १२ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • १७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १८ घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

  • २. खप्तड छेडेदहका क्यान्सर पीडित वडाध्यक्षको निधन

  • ३. पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ६. कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन

  • ७. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • ८. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ९. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • १०. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

जानकारी केन्द्र २०८२, माघ, १२

 काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ बाट औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि डिजिटल अर्थतन्त्रको विस्तारसम्मको १६ वर्षे यात्रा पूरा गर्दै १७ औँ वर्षमा प्रवेश गरेको कम्पनीले जनाएको छ ।

‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ भुक्तानी सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको इसेवाले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने माध्यमका रूपमा विकास गर्दै आएको कम्पनीको दाबी छ। हाल इसेवा टपअप, युटिलिटी बिल भुक्तानी, फ्लाइट टिकट, होटल बुकिङ, बिमा खरिद, मुभी टिकट, कर्जा, लगानी लगायतका सेवाहरू प्रदान गर्ने हरेक नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म बनेको कम्पनीले बताएको छ ।

१७ औँ वार्षिकोत्सव तथा इन्नोभेसन डेका अवसरमा आयोजित कार्यक्रममा बोल्दै इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकका रूपमा इसेवाका सेवाहरूलाई अझ उत्कृष्ट, सुरक्षित र भरपर्दो बनाउन आफूहरू निरन्तर लागिरहने बताए । उनले नियामक निकाय, प्रयोगकर्ता, समाज र सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै डिजिटल वित्तीय सेवाको विस्तारबाट समाजमा सकारात्मक योगदान दिन इसेवा प्रतिबद्ध रहेको बताएका छन्।

यसै गरी, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवाले सधैँ सबैलाई समेट्दै सँगै अगाडि बढ्ने मूल मन्त्रका साथ आफूहरूले सेवा प्रदान गर्दै आएको जानकारी दिए । उनले इसेवाको १७ वर्षे यात्राले नेपालकै कम्पनी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको बताए । “आज हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने फिनटेक कम्पनीका रूपमा स्थापित हुँदै गएका छौँ । यस उपलब्धिलाई हामी गन्तव्य होइन, भविष्यका नवप्रवर्तनहरूको आधारका रूपमा लिएका छौँ । खड्‌काले भने, “प्रयोगकर्ताका आवश्यकता र प्रविधिको विकासलाई केन्द्रमा राख्दै हामी हरेक दिन नवप्रवर्तनमा लागिरहेका छौँ र आगामी दिनमा अझ जिम्मेवार भएर डिजिटल नेपालको यात्रामा योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।”

कम्पनीका अनुसार, इसेवाले १७ वर्षको यात्रामा सहज, सुरक्षित र द्रुत भुक्तानी सेवा र वित्तीय समावेशितालाई आफ्नो मूल लक्ष्यका रूपमा स्थापित गर्दै आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ । प्रयोगकर्ता केन्द्रित नवप्रवर्तनमार्फत वित्तीय समावेशिता मार्फत डिजिटल अर्थतन्त्रमा सबै वर्गको सहभागिता बढाउन ; प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टका लागि भुक्तानी अनुभव सरल बनाउन तथा डिजिटल नेपाल निर्माणमा ठोस योगदान पुर्‍याउन रूपमा लागिरहने प्रतिबद्धता समेत इसेवाले गरेको बताइएको छ ।

१७ औँ वार्षिकोत्सवको अवसरमा इसेवामा थपिए तीन सुविधाहरू
१७ औँ वार्षिकोत्सवको अवसरमा इसेवाले आफ्ना सुविधामा विस्तार पनि गरेको छ । यस अवसरमा इसेवाले दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्ता लक्षित टकब्याक सुविधा, भुक्तानीलाई सहज र छिटो बनाउने इन्टेन्ट बेस्ड पेमेन्ट र इसेवा सर्कल च्याट जस्ता प्रयोगकर्ता केन्द्रित समाधानहरू अघि सारेको छ । यी सुविधाहरू निम्न छन् :

इसेवा टकब्याक : इसेवाले दृष्टिविहीन वा कम दृष्टि भएका प्रयोगकर्ताहरूका लागि टकब्याक सुविधा सुरु गरेको जनाएको छ । टकब्याक सेवा सुरु गर्ने इसेवा नेपालको पहिलो भुक्तानी प्रदायक कम्पनी रहेको बताइएको छ । यो सुविधाअन्तर्गत स्क्रिनमा भएका कुरालाई आवाजमा रूपान्तरण गर्ने गरिन्छ । यसबाट प्रयोगकर्ताहरूले बटन, नाम र कामहरू सजिलै बुझ्न र चलाउन सक्छन् । इसेवामा टकब्याक अङ्ग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध रहेको छ । यसले दृष्टिविहीनहरूलाई स्वतन्त्र रूपमा इसेवा प्रयोग गर्ने अवसर दिनुका साथै डिजिटल वित्तीय स्वतन्त्रता र समावेशिता बढाउने विश्वास लिइएको कम्पनीले बताएको छ ।

इन्टेन्ट–बेस्ड पेमेन्ट : इसेवाले इन्टेन्ट बेस्ड पेमेन्ट सुविधा ल्याएर भुक्तानी प्रक्रियालाई अझ छिटो र सरल बनाएको बताइएको छ । इन्टेन्ट बेस्ड पेमेन्ट भनेको प्रयोगकर्ताको भुक्तानी गर्ने इच्छालाई आधार मानेर छिटो, सुरक्षित र अवरोधरहित भुक्तानी सम्पन्न हुने प्रणाली हो । यस प्रणालीमा प्रयोगकर्ताले जहाँ भुक्तानी गर्नुपर्ने हुन्छ, त्यहीँबाटै भुक्तानी सुरु हुन्छ । मर्चेन्ट एप वा वेबसाइटमा ‘Pay With eSewa’ मा क्लिक गरेपछि सिधै इसेवा एप खुल्ने वा डिभाइस स्तरको प्रमाणीकरण (फिङ्‌गरप्रिन्ट वा फेस आईडी) मार्फत भुक्तानी स्वीकृत हुने भएकाले एमपिन, पासवर्ड वा ओटीपीको झन्झट हट्छ । यसले भुक्तानीका क्रममा बीचमै प्रक्रिया रोकिने समस्या कम गर्नुका साथै प्रयोगकर्तालाई सुरक्षित, सहज र केही सेकेन्डमै लेनदेन सम्पन्न गर्ने अनुभव प्रदान गर्छ ।

इसेवा सर्कल च्याट : इसेवाको फिचर इसेवा सर्कलमा अब च्याट सुविधा थपिएको बताइएको छ । यसमा प्रयोगकर्ताहरूले साथीहरू थप्ने, समूह बनाउने, बिल बाँडफाँड गर्ने, उपहार पठाउने, कमेन्ट गर्ने, रियाक्ट गर्ने सुविधाहरू पाउँछन् । यसले सामूहिक रूपमा बिल बाँडफाँड गरेपछि आफ्ना साथीभाइसँग अर्को एपमा गई कुराकानी गर्नुपर्ने झन्झट पनि हटाउँछ । ग्रुप च्याटमा गरिएको कुराकानी सधैँ रहने भएकाले यसबाट साथीहरूबिचको संवाद र लेनदेनमा थप सहजता आउने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

  • e-Sewa
  • jankari
  • jankari kendra
  • jankarikendra
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

ताजा

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.