नेसनल प्याब्सन काठमाडौँको आयोजनामा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलिदेखि सञ्चालन हुने
काठमाडौँ । नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजना तथा नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको समन्वयमा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलि (माघ १३ गते)देखि माघ १६ गतेसम्म सञ्चालन हुने भएको छ।
बुढानिलकण्ठ नगर समितिको कार्यालयमा आज माघ १२ गते सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला कोषाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक विजय न्यौपानेले खेलकुद सप्ताहको जानकारी दिएका हुन्। उनका अनुसार विद्यालय तहका विद्यार्थीहरूको चौतर्फी विकास, अनुशासन र नेतृत्व क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
यस वर्षको खेलकुद सप्ताहमा नेशनल प्याब्सन काठमाडौं अन्तर्गतका सदस्य विद्यालयहरूले विभिन्न खेल विधामा सहभागिता जनाउनेछन्। खेलकुद सप्ताहअन्तर्गत पूर्व–प्राथमिक तहदेखि अब्स्ट्याकल गेम, फुटसल, बास्केटबल, टेबल टेनिस, तानडोरी र मार्चपासमध्ये चार विधामा प्रतिस्पर्धा गराइनेछ। उद्घाटनका दिन एक हजारभन्दा बढी विद्यार्थीले मार्चपासमा सहभागिता जनाउने अपेक्षा गरिएको जनाइएको छ।
प्रतियोगितामा सहभागी हुन सदस्य विद्यालयका विद्यार्थीहरूले तोकिएको शुल्क तिरेर सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको बताइएको छ। सम्पूर्ण प्रतियोगिताका लागि प्रति विद्यालय पाँच हजार रुपैयाँ शुल्क तोकिएको जिल्ला कोषाध्यक्ष न्यौपानेले जानकारी दिए।
खेल सञ्चालनका लागि विभिन्न विधाका संयोजकसमेत तोकिएका छन्। मार्चपासका लागि किरण खड्का, फुटसलका संयोजक लक्ष्मी गुरुङ र गोविन्द बहादुर धामी, बास्केटबलका संयोजक बेनी खड्का र रुकेश तामाङ, अब्स्ट्याकल गेमका लागि प्रकाश अधिकारी, तानडोरीका संयोजक रामप्रसाद काफ्ले तथा टेबल टेनिसका संयोजक ईश्वर केसी रहनेछन्।
खेलकुद सप्ताहको उद्घाटन समारोह बुढानिलकण्ठ नगरपालिका वडा नं. १० स्थित ह्याण्डबल ग्राउण्डमा आयोजना हुनेछ। सोही स्थानमा तानडोरी र अब्स्ट्याकल गेम सञ्चालन गरिनेछ भने फुटसल प्रतियोगिता साम्तेन स्कुल कपनमा, बास्केटबल प्रतियोगिता तिरुपति स्कुलरकलेजमा र टेबल टेनिस प्रतियोगिता पिक प्वाइन्ट पब्लिक स्कुलमा आयोजना गरिनेछ।
उद्घाटन समारोह माघ १३ गते मंगलबार बिहान १० बजे ह्याण्डबल ग्राउण्ड कपनमा नेसनल प्याब्सनका संस्थापक तथा वर्तमान अध्यक्ष गीता राणा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाइएको छ।
खेलकुद सप्ताहको समापन समारोह एसईई मोटिभेसन कार्यक्रमसँगै संयुक्त रूपमा आयोजना गरिनेछ, जसअन्तर्गत विजयी विद्यालयहरूलाई पुरस्कार वितरण गरिनेछ। कार्यक्रम सञ्चालनका लागि करिब पाँच लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताइएको छ।
नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होमबहादुर अधिकारीका अनुसार प्रत्येक खेल विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

