• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        मङ्गलबार, माघ १४, २०८२
मङ्गलबार, माघ १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु “डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान सार्वजनिक

प्रतिनिधिसभा निर्वाचनका लागि करिब २ लाख १३ हजार कर्मचारी परिचालन गरिने

अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

गरिमा विकास बैंक र चार्टर्ड एकाउण्टेण्ट्स संघबीच आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्नेसम्बन्धी सम्झौता

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ माघ ०९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल माघ ११ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि

  • ६. सरस्वती पुजाको दिन के गर्ने, के नगर्ने ? आउनुहोस् जानौं

  • ७. अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

  • ८. एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

  • ९. नेप्से आज घट्यो कि बढ्यो ?

  • १०. निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि जागिर खाने युवा भेटिएनन्

नेसनल प्याब्सन काठमाडौँको आयोजनामा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलिदेखि सञ्चालन हुने

काठमाडौँ । नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजना तथा नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको समन्वयमा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलि (माघ १३ गते)देखि माघ १६ गतेसम्म सञ्चालन हुने भएको छ।

बुढानिलकण्ठ नगर समितिको कार्यालयमा आज माघ १२ गते सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला कोषाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक विजय न्यौपानेले खेलकुद सप्ताहको जानकारी दिएका हुन्। उनका अनुसार विद्यालय तहका विद्यार्थीहरूको चौतर्फी विकास, अनुशासन र नेतृत्व क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

यस वर्षको खेलकुद सप्ताहमा नेशनल प्याब्सन काठमाडौं अन्तर्गतका सदस्य विद्यालयहरूले विभिन्न खेल विधामा सहभागिता जनाउनेछन्। खेलकुद सप्ताहअन्तर्गत पूर्व–प्राथमिक तहदेखि अब्स्ट्याकल गेम, फुटसल, बास्केटबल, टेबल टेनिस, तानडोरी र मार्चपासमध्ये चार विधामा प्रतिस्पर्धा गराइनेछ। उद्घाटनका दिन एक हजारभन्दा बढी विद्यार्थीले मार्चपासमा सहभागिता जनाउने अपेक्षा गरिएको जनाइएको छ।

प्रतियोगितामा सहभागी हुन सदस्य विद्यालयका विद्यार्थीहरूले तोकिएको शुल्क तिरेर सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको बताइएको छ। सम्पूर्ण प्रतियोगिताका लागि प्रति विद्यालय पाँच हजार रुपैयाँ शुल्क तोकिएको जिल्ला कोषाध्यक्ष न्यौपानेले जानकारी दिए।

खेल सञ्चालनका लागि विभिन्न विधाका संयोजकसमेत तोकिएका छन्। मार्चपासका लागि किरण खड्का, फुटसलका संयोजक लक्ष्मी गुरुङ र गोविन्द बहादुर धामी, बास्केटबलका संयोजक बेनी खड्का र रुकेश तामाङ, अब्स्ट्याकल गेमका लागि प्रकाश अधिकारी, तानडोरीका संयोजक रामप्रसाद काफ्ले तथा टेबल टेनिसका संयोजक ईश्वर केसी रहनेछन्।

खेलकुद सप्ताहको उद्घाटन समारोह बुढानिलकण्ठ नगरपालिका वडा नं. १० स्थित ह्याण्डबल ग्राउण्डमा आयोजना हुनेछ। सोही स्थानमा तानडोरी र अब्स्ट्याकल गेम सञ्चालन गरिनेछ भने फुटसल प्रतियोगिता साम्तेन स्कुल कपनमा, बास्केटबल प्रतियोगिता तिरुपति स्कुलरकलेजमा र टेबल टेनिस प्रतियोगिता पिक प्वाइन्ट पब्लिक स्कुलमा आयोजना गरिनेछ।

उद्घाटन समारोह माघ १३ गते मंगलबार बिहान १० बजे ह्याण्डबल ग्राउण्ड कपनमा नेसनल प्याब्सनका संस्थापक तथा वर्तमान अध्यक्ष गीता राणा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाइएको छ।

खेलकुद सप्ताहको समापन समारोह एसईई मोटिभेसन कार्यक्रमसँगै संयुक्त रूपमा आयोजना गरिनेछ, जसअन्तर्गत विजयी विद्यालयहरूलाई पुरस्कार वितरण गरिनेछ। कार्यक्रम सञ्चालनका लागि करिब पाँच लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताइएको छ।

नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होमबहादुर अधिकारीका अनुसार प्रत्येक खेल विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ।

  • jankari kendra
  • jankarikendra
  • नेसनल प्याब्सन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित
नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक
आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

लोकप्रिय

२०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ ०९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल माघ ११ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि

ताजा

२०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

हालैका पोस्टहरू

  • २०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित
  • नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड
  • डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु “डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान सार्वजनिक

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.