Jankari Kendra
१४ श्रावण २०८३, बिहीबार
Worldlink

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु “डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान सार्वजनिक

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, माघ, १४
डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु “डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान सार्वजनिक

काठमाडौं । प्रख्यात एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ। “डेभिल्स खाउँ,मुम्बई जाउँ”नामक यस अभियानमार्फत क्रिकेट प्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ।

यस अभियान अन्तर्गत, एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भर्मण जित्नेछन्। विश्व क्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशालामध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वक पडेब्यु हेर्ने अवसर दिएर, डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य राखेको बताइएको छ।

“डेभिल्स खाउँ,मुम्बई जाउँ”अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जाल मार्फत सञ्चालन हुनेछ। सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेजलाई फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्नेछ र तीनजना साथीहरूलाई ट्याग गर्नुपर्नेछ। पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ।

पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर, तथा वानखेड़े स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ।

अभियानबारे टिप्पणी गर्दै एसियन थाई फुड निर्देशक आशिष जाजुले भने, “टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण हो। ‘डेभिल्स खाउँ,मुम्बई जाउँ’मार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिनचाहन्थ्यौं। क्रिकेटले लाखौं मानिसलाई जोड्छ, र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो।”

“डेभिल्स खाउँ,मुम्बई जाउँ”अभियानमार्फत डेभिल्सले नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझा गर्दै, खेलकुदले जोड्ने भावना र उत्साहलाई अझ बलियो बनाएको बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स