चुनावी समयमा मतदाताको मतदान निर्णय सम्बन्धि प्रश्न नसोध्न झापा प्रशासनको आग्रह
काठमाडौँ । सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत मतदातासँग कुन चुनाव चिन्ह,कुन दल वा कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने जस्ता प्रश्न सोध्ने कार्यप्रति झापा जिल्ला प्रशासन कार्यालयले गम्भीर आपत्ति जनाएको छ । युट्युव फेसबुकजस्ता समााजिक सञ्जालमा अन्तर्वाताको नाममा मतदाताको व्यत्तिगत राजनीतिक छनोट सम्बन्धि कुरालाई सामाजिक सञ्जालमा हाल्ने कार्य भएको भन्दै यस्तो कार्य रोक्न प्रशासनले सार्वजनिक सुचना जारी गरेको छ ।
आइतबार जारी विज्ञप्तिमा सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका अनुसार केहि अनलाइन सञ्चारमाध्यमले मतदाताको गोपनियता उल्लङ्घन गर्ने खालका सामागी्र प्रसारण गरिरहको जानकारी प्राप्त भएको बताएका छन् । निर्वाचन जस्तो संवेदनशील समयमा यस्ता प्रश्न तथा उत्तर गर्नाले मतदाताको गोपनीयता र स्वतन्त्रतामा असर पुग्नसक्ने भएकाले यस्तो कार्य नगर्न प्रशासनले बताएको छ ।
झापा जिल्ला प्रशासन कार्यालयका अनुसार मतदाताको गोपनीयता खुलाउने वा गोपनियता सार्वजनिक गर्न लगाउने कार्य आचारसंहिता २०८२ को दफा ४९ ( द ) विपरीत पर्ने भएकोले यस्तो क्रियाकलाप आचारसंहिता मानिने र कानुन विपरीत कार्य गरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि विज्ञप्तिमा समेटिएको छ ।
जिल्ला प्रशासन कार्यलयले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आचारसंहिता पालना गर्दै मतदाताको गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ ।
सम्बन्धित समाचार
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
