२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
मेष राशि-
समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ ।
बृष राशि-
प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् । जिम्मेवारी बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने छ ।
मिथुन राशि-
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ ।
कर्कट राशि-
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
सिंह राशि-
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ।
कन्या राशि-
व्यापारमा फाइदा हुनेछ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ । तर साँझदेखि परिस्थिति अलि प्रतिकूल बन्ने देखिन्छ। आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ ।
तुला राशि-
मेहनतले आम्दानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। आजको कामबाट मनग्य धनलाभ हुन सक्छ। साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन्। आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
वृश्चिक राशि-
बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरुका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
धनु राशि-
कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ ।
मकर राशि-
बेसुरमा वचन दिने बानीले दुस्ख पाइनेछ। काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला। व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ । सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।
कुम्भ राशि-
पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुने छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरुलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ, भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ।
मीन राशि-
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ । मुख्य काममा बाधा हुने दिन छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

