राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
काठमाडौं । एक्सट्रिम इनर्जि ड्रिक्सं र नेपाल क्रिकेट संघ (क्यान) बीचको साझेदारीअन्तर्गत नेपाल राष्ट्रिय महिला क्रिकेट टोलिको नयाँ जर्सी सार्वजनिक गरीएको छ । जर्सीमा एक्सट्रिम इनर्जि ड्रिंक्सको लोगो समावेश भएको बताइएको छ ।
नेपाल क्रिकेट संघ र एक्सट्रिम इनर्जि ड्रिंक्सबीच जर्सी प्रायोजन सम्बन्धी दुई वर्षे सम्झौता माघ २ गते शुक्रबार सम्पन्न गरिएको जनाइएको छ । उक्त सम्झौताअन्तर्गत तयार गरिएको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद्का महासचिव राम चरित्र मेहेता र नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्धारा सार्वजनिक गरिएको बताइएको छ ।

बुधबार आयोजित जर्सी अनावरण कार्यक्रमममा नेपाल क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलिका खेलाडी,एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एक्सट्रिम इनर्जी डिंक्सले नेनेपाली क्रिकेट,विशेषगरी महिला क्रिकेटको दीर्घकालिन विकासमा सहकार्य गनेृ प्रतिबद्धता व्यक्त गरिएको दाबी गरिएको छ । जर्सी प्रायोजनमार्फत खेलाडीहरुलाई प्रोत्साहन, आत्मविश्वास तथा व्यवसायिक वातावरण प्रदान हुने विश्वास व्यक्त गरिएको जनाइएको छ । यस सहकार्यले राष्ट्रिय महिला क्रिकेट टोलिको तयारी,मनोबल र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमतामा प्रभाव पार्ने अपेक्षा गरिएको बताइएको छ ।
त्यस्तैगरी राष्ट्रिय परिषदको महासचिव राम चरित्र मेहेताले निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्वपुर्ण योगदान पुग्ने बताएका छन् । सार्वजनिक गरिएको नयाँ जर्सीले नेपाली महिला क्रिकेट टोलिको पहिचानलाई अझ सशक्त बनाउने र अन्तराष्ट्रिय मञ्चमा नेपाललाई थप परिचित गराउने विश्वास व्यत्त गरिएको जनाइएको छ ।
यसै क्रममा एक्सट्रिम इनर्जि डिंक्सले आइसीसी मेन्स टी २० विश्वकप क्रिकेटका खेलहरु हेर्न वानखडे स्टेडियम पुग्ने समर्थकहरुका लागि नेपाली क्रिकेट टोलीका २,००० थान जर्सी निःशुल्क वितरण गर्ने जानकारी दिएको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

