Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, माघ, २५
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

काठमाडौं । आज फेब्रुअरी ७ बाट भ्यालेन्टाइन सप्ताह सुरु भएको छ। भ्यालेन्टाइन सप्ताहको पहिलो दिनलाई ‘रोज डे’का रूपमा मनाइन्छ। पश्चिमी संस्कृतिबाट सुरु भएको यो परम्पराको प्रभाव पछिल्ला केही वर्षयता नेपालमा पनि देखिन थालेको छ।

भ्यालेन्टाइन डे प्रति उत्साहित युवायुवतीहरूले आज आफ्नो प्रेमी–प्रेमीकालाई रातो गुलाबको फूल दिएर प्रेम भावना व्यक्त गर्दै ‘रोज डे’ मनाइरहेका छन्। यद्यपि फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका रूपमा चिनिन्छ, प्रेम गर्नेहरूले यसलाई एक सातासम्म विभिन्न नाम दिएर मनाउने चलन छ, यसको सुरुआत फेब्रुअरी ७ बाट सुरु अर्थात आजदेखि सुरु भएको छ।

आजको दिन विश्वभर रातो गुलाफ उपहार दिएर मनको भावना मन परेको व्यक्तिसामु व्यक्त गर्ने अवसरका रूपमा लिइन्छ। साथै, प्रेम सम्बन्धमा रहेका जोडीहरूले आफ्नो सम्बन्धलाई अझ सुमधुर बनाउने दिनका रूपमा पनि ‘रोज डे’लाई हेर्ने गरिएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स