अण्डाको मुल्य घटयो,प्रति क्रेट कति ?
काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी अण्डाको थोक मूल्य घटाउने निर्णय गरेको छ । संघले बताए अनुसार स्वदेशमै अण्डा उत्पादन बढ्नु र भारतबाट ठुलो परिमाणमा अण्डा भित्रिन थालेपछि बजारमा आपूर्ति बढि भएकाले मुल्य समायोजन गर्नुपरेको हो।
संघका अध्यक्ष विनोद पोख्रेलले जानकारी दिए अनुसार अण्डाको मूल्यसुचीअनुसार ठूलो अण्डा ३७५,मिडियम ३४५ र एक्सएल ३९० रुपैँया कायम गरिएको बताइएको छ । यसअघि माघ २२ गते सम्म ठुलो अण्डा प्रतिक्रेट ४३५ रुपैँया र मिडियम ४०५ रुपैयाँमा कारोबार हुदैँ आएको थियो ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्षका अनुसार भारतीय सेतो अण्डा कम मुल्यमा ठुलो मात्रामा बजारमा प्रवेश गर्दा स्वदेशी उत्पादकलाई प्रतिस्थापन गर्न कठिन भईरहेको छ । प्रभावकारी बजार अनुगमनको कमजोरीले आयातित अण्डाको प्रभाव अझ बढेको र त्यसको असर स्थानिय उत्पादनमा परेको उनको भनाइ रहेको छ ।
यसअघि गत मंसिर महिनामा अण्डाको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो समयमा ठुलो अण्डा प्रतिक्रेट ५६५ रुपैँया र मिडियम ५५० रुपैँयासम्म पुगेको संघको तथ्याकं रहेको बताइएको छ । हालको मुल्य समायोजनले तत्काल प्रभाव पार्ने अपेक्षा छ भने दीर्घकालीन समाधानका रुपमा आयात व्यवस्थापन र प्रभावकारी बजार अनुगमन आवश्यक रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

