मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?
काठमाडौँ । देशभर आगामी निर्वाचन नजिकिदै गर्दा धेरै नागरिकहरु आफ्नो नाम मतदाता नामावलीमा समावेश छ कि छैन भन्ने विषयमा चासो दिइरहेका सन्दर्भमा मतदाताले आफ्नो नाम सहि छ कि छैन भन्ने कुरा सुनिश्चित नगरी मतदान गर्न जानु जोखिमपुर्ण हुन सक्दछ। मतदान गर्न पाउँनका लागी मतदाता सूचीमा नाम हुनु अनिवार्य भएको कारण समयमै आफ्नो विवरण जाँच गर्न आवश्यक हुन्छ।
मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?
१.सुरुमा निर्वाचन आयोगको आधिकारिक वेबसाइट ( www.election.gov.np ) मा जानुहोस ।
२.स्क्रिनको तल पट्टि दायाँतर्फ रहेको रहेको मतदाता नामावलीमा क्लिक गर्नुहोस।
३.वेबसाइटमा उपलब्ध टेबलमा आफ्नो प्रदेश, जिल्ला र बसोबास गर्ने गाउँपालिका वा नगरपालिकाको नाम छान्नुहोस।
४.त्यसपछि वडा नम्बर र तपाईको मतदान केन्द्र चयन गर्नुहोस।
५.सबै विवरण चयन गरेपछि ( SUBMIT )बटनमा क्लिक गर्नुहोस।
६.अब तपाईको वडा अनुसारको मतदाता नामावली देखिनेछ। आफ्नो नाम खोज्नको लागि सूचीको पहिलो अक्षरमा क्लिक गर्नुहोस र वर्णक्रम अनुसार आफ्नो नाम छ कि छैन जाँच गर्नुहोस।
७.आफ्नो पूरा विवरण र फोटोसहित हेर्न चाहानुहुन्छ भने नामको पछाडि रहेको मतदाता विवरण लिंक गर्नुहोस।
-नयाँ टेबलमा आफ्नो जन्ममिति वा नागरिकता नम्बर प्रविष्ट गर्नुहोस ।
-त्यसपछि चित्रमा देखाइएको अक्षर ठीक त्यहि अनुसार लेखेर खोज्नुहोस।
-यसरी नै तपाईले आफ्नो पूरा मतदाता विवरण र फोटो हेर्न सक्नुहुन्छ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

