अरुण नदीको बेलीब्रिज भाचिँयोः एक जना घाइते
काठमाडौँ । मकालु गाउँपालिका-५ को नुम र वडा नं-२ सेदुवालाई जोड्ने अरुण अरुण नदी माथिको बेलिब्रिज आज बिहान करिब ९ बजे भाचिँदा नुम सेदुवा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । सिमेन्ट बोकेको लावेट ट्रक पुल तर्ने क्रममा पुल भत्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घटनामा ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ का ४० वर्षीय अजुर्न श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको बताइएको छ ।
निमार्णाधीन कासुवा हाइड्रोपावर आयोजनाका लागि सामाग्री बोकेर गएको ट्रक पुल भाँचिएसँगै नदीमा खसेको बताइएको छ । पुल क्षतिग्रस्त भएपछि यस मार्ग हुदैँ मकालु बेसक्याम्प जानेआउने यातायात ठप्प बनेको छ । स्थानीय बासिन्दा,पर्यटक तथा दैनिक उपभोग्य सामाग्री ढुवानीमा प्रत्यक्ष असर परेको जनाइएको छ ।
पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन सम्बिन्धित निकायबीच समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिटो यातायात सञ्चालनमा ल्याउने प्रयास जारी रहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
