अरुण नदीको बेलीब्रिज भाचिँयोः एक जना घाइते
काठमाडौँ । मकालु गाउँपालिका-५ को नुम र वडा नं-२ सेदुवालाई जोड्ने अरुण अरुण नदी माथिको बेलिब्रिज आज बिहान करिब ९ बजे भाचिँदा नुम सेदुवा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । सिमेन्ट बोकेको लावेट ट्रक पुल तर्ने क्रममा पुल भत्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घटनामा ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ का ४० वर्षीय अजुर्न श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको बताइएको छ ।
निमार्णाधीन कासुवा हाइड्रोपावर आयोजनाका लागि सामाग्री बोकेर गएको ट्रक पुल भाँचिएसँगै नदीमा खसेको बताइएको छ । पुल क्षतिग्रस्त भएपछि यस मार्ग हुदैँ मकालु बेसक्याम्प जानेआउने यातायात ठप्प बनेको छ । स्थानीय बासिन्दा,पर्यटक तथा दैनिक उपभोग्य सामाग्री ढुवानीमा प्रत्यक्ष असर परेको जनाइएको छ ।
पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन सम्बिन्धित निकायबीच समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिटो यातायात सञ्चालनमा ल्याउने प्रयास जारी रहेको बताइएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

