आज राति १२ बजेबाट मौन अवधि सुरु हुदैँ,के गर्न पाइदैन ?
काठमाडौँ । फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ । निर्वाचन आयोगले मौन अवधि सुरु भएसँगै कुनै पनि प्रकारका चुनावी गतिविधि पूर्ण रुपमा बन्द हुने जनाएको छ ।
आयोगका अनुसार मतदान सम्पन्न नभएसम्म दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सभा जुलुस,घरदैलो अन्तक्रिया,गोष्ठी वा भोट माग्ने कार्य गर्न नपाइने बताइएको छ । सामाजिक सञ्जाल,अनलाइन ,छापा तथा अन्य सञ्चार माध्यमबाट समेत प्रचार सामाग्री पोष्ट वा सेयर गर्न निशेध गरिएको छ ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंरहिता कडाइका साथ पालना गरिने बताएका छन् । मतदान केन्द्र वरपर ३०० मिटर क्षेत्रभित्र राखिएका प्रचार सामाग्री हटाइने र उल्लघंन गर्नेविरुद्ध कारबाहि गर्ने आयोगले जनाएको छ ।
मतदान शान्तिपूर्ण ,निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न गराउने उद्धेश्यले मौन अवधिको व्यवस्था गरिएको आयोगको भनाइ रहेको छ । सबै राजनीतिक दल,उम्मेदवार र मतदातालाई आचारसंहिता पालना गर्न आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
