नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा फागुन २९ गतेदेखि ‘ तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो ’ हुने
काठमाडौं । ‘ नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार ’ भन्ने मूल नारासहित नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘ तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो – २०८२ ’ हुने भएको छ । उक्त एक्स्पो फागुन २९ गतेदेखि चैत ३ गतेसम्म राजधानी काठमाडौंको भृकुटीमण्डप बगैँचामा हुनेछ ।
संघका अनुसार नेपालमा तीव्र गतिमा विस्तार हुँदै गएको फूल नर्सरी, फलफूल नर्सरी, कृषि वन तथा जडीबुटी नर्सरी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले यो बृहत प्रदर्शनी आयोजना गर्न लागिएको हो । उक्त एक्स्पोमा देशभरका नर्सरी व्यवसायीहरूको सहभागीता रहने छ ।
त्यस्तै, उक्त एक्स्पो अवधिमा उत्कृष्ट प्रस्तुतिका आधारमा विभिन्न विधामा पुरस्कार वितरण गरिने संघले जनाएको छ । उत्कृष्ट हार्टिकल्चर प्रस्तोता, उत्कृष्ट फूल प्रस्तोता, उत्कृष्ट ल्यान्डस्केप डिजाइन, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट सजावटी बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट फलफूल बिरुवा तथा उत्कृष्ट औषधीय तथा सुगन्धित बिरुवा विधामा विजेतालाई नगद, शिल्ड र प्रमाण – पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यसका साथै ‘ दीर्घकालीन नर्सरी व्यवसायी सम्मान २०८२ ’ र ‘ विशेष उत्पादक नर्सरी व्यवसायी सम्मान २०८२ ’ पनि प्रदान गरिने संघले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले नर्सरी व्यवसायको प्रवर्द्धन, व्यवसायीबीच अनुभव आदानप्रदान र बजार विस्तारका लागि एक्स्पो महत्वपूर्ण अवसर हुने बताएका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
