काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा केही समयका लागि विद्युत् कटौती हुने जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडर अन्तर्गतका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने जानकारी दिएको हो।
बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने ती फिडरबाट वितरण हुने ११ केभी लाइनको मर्मत तथा पोल व्यवस्थापनको काम गरिने भएकाले अस्थायी रूपमा विद्युत् कटौती गर्न लागिएको बताइएको छ। जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ पोल जडानका लागि बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ।
यस्तै, दिउँसो २ बजेदेखि ४ बजेसम्म मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा पनि विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ। निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न भएमा विद्युत् सेवा तत्काल नियमित गरिने प्राधिकरणले स्पष्ट पारेको छ। विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

