कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
काठमाडौं । कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम हो । जसले नेपालीहरुको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रुपमा मनाउन लागेको बताइएको छ । मोमो यस्तो परिकार हो जसले सडक, घर र सहरका मानिसहरूलाई एकअर्कासँग नजिक हुन मद्दत गर्छ ।
यस अभियानको मुख्य आकर्षण एउटा नयाँ डिजिटल कार्यक्रम रहेको जनाइएको छ । जसले देशभर घुम्दै नेपालका सबैभन्दा लोकप्रिय मोमो पाइने स्थानहरू खोज्नेछ । सहरका चर्चित रेस्टुरेन्टदेखि लिएर टोल–छिमेकमा लुकेका तर उत्कृष्ट मोमो पसलहरूसम्म पुग्ने,नेपालमा मोमोको समृद्ध संस्कृतिलाई चिनाउने र ती स्थानका विशेष स्वादहरू चाख्ने अवसर दिने तथा पसल सञ्चालन गर्ने उत्साही व्यवसायीहरूसँग भेट्न र हरेक स्थानलाई विशेष बनाउने लगायतका अनौठा कथाहरू पनि प्रस्तुत गर्ने जनाइएको छ ।
नेपालमा मोमो र कोकाकोला लामो समयदेखि धेरैले मन पराउने खानाको जोडी बनेको बताइएको छ । साथीहरूसँग छिटो खाजाका रूपमा, परिवारसँग घुम्न जाँदा वा राति अबेर खाना खान जाँदा मोमो र कोकाकोला धेरैका लागि प्रिय छनोट हो । यस अभियानले यही दैनिक अनुभवलाई उत्सवको रूपमा प्रस्तुत गर्दै कोकाकोलाको चिसो स्वादले मोमो खाने क्षण अझ रमाइलो बनाउने कुरा देखाउन खोजेको जनाइएको छ ।
कम्पनीका अनुसार यस अभियानअन्तर्गत देशभरका उपभोक्ताहरूले पनि सहभागी हुने अवसर पाउनेछन् । अभियानका लागि बनाइएको विशेष माइक्रोसाइटमार्फत मानिसहरूले आफ्नो मनपर्ने मोमो पसल खोज्न, मूल्याङ्कन गर्न र आफ्ना मोमो खाँदाका अनुभवहरू व्यक्त गर्न सक्नेछन् । सहभागीहरूले फोटो वा अनुभव अपलोड गर्न, रेस्टुरेन्टलाई रेटिङ गर्न र विभिन्न गतिविधिमा सहभागी हुन सक्ने बताइएको छ, जसबाट दैनिक, साप्ताहिक तथा विशेष पुरस्कार जित्ने मौका पनि हुनेछ ।
यो अभियानमा नेपालभरका २०० भन्दा बढी मोमो पसल सहभागी रहेको जनाइको छ । ‘मोमो फोमो’ ले नेपालको सबैभन्दा प्रिय खानामध्ये एक मोमोको विषयमा राष्ट्रिय स्तरमा उत्साह सिर्जना गर्दै स्थानीय खानाका नयाँ स्वादहरू खोज्न, यसका नायकहरूलाई सम्मान गर्न र मोमो तथा कोकाकोलाको लोकप्रिय संयोजनको आनन्द लिन सबैलाई प्रेरित गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ ।
यस अभियानमार्फत कोकाकोलाले स्थानीय संस्कृतिको सम्मान गर्दै साझा खानाको अनुभवमार्फत मानिसहरूलाई एकअर्कासँग जोड्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको कम्पनीको दाबी रहेको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

