चैत्र १२, १३ र १४ गते हेटौंडामा ”एक्सपेरियन्स टोयोटा” टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम
काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले चैत्र १२, १३ र १४ गते हेटौंडाको मेन रोडस्थित कफि बारमामा ”एक्सपेरियन्स टोयोटा” कार्यक्रम आयोजना गर्ने बताएको छ ।
हेटौंडा क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गरी अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ। साथै, हरेक गाडी खरिदमा एक्सचेन्ज बोनस,अतिरिक्त एसेसरिज, फ्री इन्सुरेन्स ,बैंकिङ सुविधा,रोड ट्याक्स तथा विभिन्न आकर्षक उपहारहरू समेत उपलब्ध गराइने बताइएको छ।
आयोजकका अनुसार कार्यक्रम अवधिभर ग्राहकहरूले टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ गर्दा आकर्षक उपहार प्राप्त गर्नुका साथै युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाबारे पनि जानकारी पाउनेछन्।
युटिएसले हेटौंडा तथा आसपासका सम्पूर्ण ग्राहक तथा सम्भावित खरिदकर्ताहरूलाई कार्यक्रममा उपस्थित भई टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ अनुभव गर्न हार्दिक निमन्त्रणा समेत गरेको जनाइएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
