विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु
काठमाडौँ । विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा सुरु भएको घोषणा गरेको छ । कम्पनीका अनुसार अल्ट्रा, पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित यो फोन आफ्नो श्रेणीमा अत्यन्तै मन पराइनेमध्ये एक हो ।
यस प्रि–अर्डर अवधिमा ग्राहकहरूले साओमी १७ अल्ट्रा १६ जिबी + ५१२ जिबी भेरियन्टका लागि उपलब्ध तीन विशेष अफरहरू रू.१०,००० तत्कालै क्यासब्याक,साओमी वाच एस ४ (४१ एमएम) मात्र रु.२४,९९९ (वास्तविक मूल्य रु ३९९९९) वा साओमी बड्स ५ फ्रि (वास्तविक मूल्य १५,९९९) मध्ये कुनै एक रोज्न सक्ने बताइएको छ।
साओमी १७ अल्ट्रा किन्ने ग्राहकहरूले बिक्री पछि विशेष सुविधाहरू प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत फोन खरिद गरेको पहिलो ६ महिनासम्म एक पटक निःशुल्क स्क्रिन फेर्न पाइने सुविधा प्राप्त गर्ने छन् भने नियमित १२ महिनाको वारेन्टीमा ६ महिना थप गरी कुल १८ महिनाको वारेन्टी सुविधा पनि पाउने जनाइएको छ । यसका साथै वारेन्टी सकिएपछि गरिने मर्मतमा पनि २४ महिनासम्म कुनै सेवा शुल्क नलाग्ने कम्पनीले बताएको छ ।
साओमी १७ अल्ट्रा कालो, सेतो र स्टारलाइट तीनवटा आकर्षक रङमा उपलब्ध छ । यो आफ्नो श्रेणाीमा सबैभन्दा पातलो र हल्का डिभाइसमध्ये एक हो,जसले लामो समयसम्म आरामदायी र उत्कृष्ट अनुभव प्रदान गर्ने जनाइएको छ । लाइका सँगको सहकार्यमा विकसित यो डिभाइसले उत्कृष्ट फोटो र भिडियो खिच्ने क्षमता राख्ने कम्पनीको दाबी रहेको छ ।
कम्पनीका अनुसार साओमी १७ अल्ट्रामा रहेका फ्ल्यागशिप लाइका–इन्च अल्ट्रा डाइनामिक क्यामेरामा नयाँ लाइट फ्युजन १०५० एल इमेज सेन्सर र लोफिक एचडिआर टेक्नोलोजी प्रयोग गरिएको बताइएको छ । यसमा लाइका २०० एमपी टेलिफोटो क्यामेरा जडान गरिएको छ । जसमा अत्याधुनिक ७५–१०० एमएम मेकानिकल अप्टिकल जुम पनि सपोर्ट गर्दछ ।
डिभाइसमा ६००० एमएएच क्षमताको साओमी सर्ज ब्याट्री रहनुका साथै ९० वाट हाइपरचार्ज र ५० वाट वायरलेस हाइपरचार्ज सपोर्ट गर्ने बताइएको छ । यसले लामो समयसम्म टिक्ने क्षमता राख्ने कम्पनीको दाबी रहेको छ ।
आइपी ६८ स्प्ल्यास तथा डस्ट रेसिस्टेन्स र साओमी शिल्ड ग्लास ३.० ले डिभाइसलाई सबै तिरबाट सुरक्षा प्रदान गर्नुका साथै बलियो रेसिस्टेन्स सुनिश्चित गर्ने काम गनुका साथै साओमी १७ अल्ट्राले धेरैजसो अवस्थामा ३५०० निट पीक ब्राइटनेस दिन्छ र डिसी डिमिङ फिचरले आँखालाई थाक्न नदिने जनाइएको छ ।
त्यस्तै साओमी प्याड ८ मा पनि क्यासब्याक र बन्डलिङ अफरहरू उपलब्ध गराइएको तर सोचेभन्दा अत्यधिक प्रि–बुकिङ भएपछि खुला गरिरएको केही घण्टामै प्रि–अर्डर अफर बन्द गरिएको कम्पनीले बताएको छ ।
साओमी १७ अल्ट्रा १६ जिबी + ५१२ जिबीको मूल्य रु एक लाद ९९ हजार ९ सय ९९ तोकिएको छ भने यसको प्रि–अर्डर अफर २५ मार्चदेखि ३१ मार्चसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

