वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक
काठमाडौँ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ मा सहभागिता जनाउनुका साथै विशेष अफरको घोषणा गरेको छ। पोखराको लेकसाइडस्थित तालबाराही चौरमा मार्च २५ देखि २९ अर्थात चैत ११ देखि १५ सम्म चल्ने अटो शोको स्टल ए १२ मा बीवाईडीका सवारी साधन अवलोकन गर्न सकिने जनाइएको छ । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध आकर्षक मोडलहरु प्रदर्शन गरेको बताएको छ।
बीवाईडी एट्टो १–तपाईंका लागि डिजाइन गरिएको, सहरका लागि बनेकोः यो एक कम्प्याक्ट र स्मार्ट इन्ट्री लेभलको एसयूभी हो। व्यावहारिक विशेषता र दक्षता सहितको यो गाडी अर्वन मोबिलिटीका लागि उपयुक्त छ।
बीवाईडी एट्टो २–तपाईको पहिलो एसयूभी,अब इलेक्ट्रिकः यो एक भर्सटाइल र कम्फर्टेबल इलेक्ट्रिक एसयूभी हो। प्रत्येक दिनको ड्राइभिङका लागि डिजाइन गरिएको यो एसयूभीमा टेक्नोलोजी, स्पेस र कन्भेनियन्सको परफेक्ट ब्यालेन्स छ।
बीवाईडी एट्टो ३–नेपालकै नम्बर १ एसयूभीः बीवाईडी एट्टो ३ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो, जुन सहरी तथा लामो दुरी दुवै ड्राइभिङका लागि निर्मित छ । यसमा एड्भान्स्ड टेक्नोलोजी, स्ट्रङ पर्फमेन्स र मोडर्न डिजाइन लगायतका फिचर छन्।

पाँच दिन सम्म चल्ने इभेन्टमा बीवाईडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराउने कम्पनीले जनाइएको छ । प्रत्येक गाडी बुकिङ वापत पाइने सो स्पेसल वाडा अटो शो अफर मार्फत ग्राहकका लागि इलेक्ट्रिक मोबिलिटीतिर स्विच हुने उपयुक्त मौका हुने बताइएको छ।
कम्पनीका अनुसार यस अन्तर्गत ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी ,१ वर्षको फ्रि इन्स्योरेन्स,१ वर्षको सडक दस्तुर छुट,आकर्षक नगद छुट,फ्रि एसेसरिज,कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध हुने छ।
बीवाईडीका सबै सवारी साधनहरु कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० ले सुसज्जित छन्, जसले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझै बढाउनमा भूमिका खेलेका छन् । यसले दिगो र भविष्यमुखी मोबिलिटीतिर रहेको बीवाईडीको प्रतिबद्धतालाई जोड दिएको छ।

यसै सन्दर्भमा बोल्दै साइमेक्स इंकका प्रतिनिधिले भने, ‘काठमाडौं बाहिरका ग्राहकहरुसँग जोडिन र बीवाईडीले नेपालको इलेक्ट्रिक मोबिलिटीलाई कसरी पुनर्परिभाषित गरिरहेको छ भन्ने देखाउनका लागि वाडा अटो शो एउटा उत्कृष्ट प्लेटफर्म हो । हाम्रो विशेष अफर र प्रमाणित प्रविधिमार्फत ईभीको स्वामित्वलाई सहज पहुँचयोग्य र फलदायी बनाउने लक्ष्य हामीले लिएका छौ।’
अवलोकनकर्ताहरुले सवारी साधनहरु अवलोकन गर्न, विशेषज्ञहरुसँग अन्तरक्रिया गर्न र सो इभेन्टमा मात्र उपलब्ध हुने अफरको फाइदा लिन सक्नेछन।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह