• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • ६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • ७ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ८ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • २३ घण्टा 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • २४ घण्टा 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • २. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ३. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ४. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • ७. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ८. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ९. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

नेपाल मेडिसिटी र ट्रक व्यवसायी महासंघबिच पुरानो सहकार्य नवीकरण, उपचारमा प्राथमिकता र छुट सुविधा कायम

जानकारी केन्द्र २०८२, चैत्र, १३

काठमाडौँ । ललितपुरमा स्वास्थ्य सेवा र यातायात क्षेत्रबिचको सहकार्यलाई निरन्तरता दिँदै पुरानो सम्झौताको नवीकरण गरिएको बताइएको छ। भैंसेपाटीस्थित नेपाल मेडिसिटी र नेपाल ट्रक यातायात व्यवसायी महासंघबिच यसअघि देखि सञ्चालनमा रहेको उपचार सेवा सम्बन्धी सहकार्यलाई पुनः निरन्तरता दिने गरी नयाँ सम्झौता गरिएको जनाइएको छ ।

नवीकृत सम्झौताअनुसार महासंघअन्तर्गत आवद्ध संघ–समितिबाट पठाइने बिरामीलाई मेडिसिटीले प्राथमिकताका साथ उच्चस्तरीय उपचार सेवा उपलब्ध गराउनेछ। आकस्मिक अवस्थामा बिरामी आउनुअघि अस्पताललाई जानकारी दिनुपर्ने र अधिकतम ४८ घण्टाभित्र आधिकारिक पत्र पठाउनुपर्ने व्यवस्था कायम राखिएको बताइएको छ। बिरामीको अवस्थाअनुसार अस्पतालले अनुमानित उपचार खर्चको विवरण उपलब्ध गराउनेछ भने आवश्यकताअनुसार त्यसमा परिमार्जन गरिनेछ।

दुर्घटनामा परेका बिरामीलाई चिकित्सकको सल्लाहअनुसार सामान्य वार्डमा प्राथमिकता दिइनेछ भने क्याबिन सेवा आवश्यक परे लिखित अनुरोध अनिवार्य गरिएको जनाइएको छ। साथै, उपचारसम्बन्धी जानकारी लिन महासंघका प्रतिनिधिलाई सम्बन्धित चिकित्सकसँग भेट गराई जानकारी दिने व्यवस्था पनि रहेको छ।

भुक्तानी व्यवस्थातर्फ, प्रति बिरामी १० लाख रुपैयाँसम्मको उपचार खर्च क्रेडिटमा डिस्चार्ज गर्न सकिने र सोभन्दा बढी खर्च भए उपचारकै क्रममा अग्रिम रकम जम्मा गर्नुपर्ने प्रावधान यथावत् राखिएको छ। डिस्चार्जपछि बाँकी रकम ३० दिनभित्र चुक्ता गर्नुपर्नेछ।

सम्झौतामा छुट सुविधालाई समेत निरन्तरता दिइएको छ। महासंघसँग आवद्ध सदस्य, कर्मचारी तथा तिनका परिवारलाई अस्पतालका सेवामा अधिकतम १० प्रतिशतसम्म छुट दिइनेछ भने दुर्घटनामा घाइते बिरामीको हकमा उपचार खर्चअनुसार १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। औषधि, इम्प्लान्ट तथा बाह्य सेवामा भने छुट लागू नहुने जनाइएको छ।

त्यस्तै, एक वर्षभित्र दुई करोड रुपैयाँभन्दा बढी कारोबार भई पूर्ण भुक्तानी भएको अवस्थामा आगामी वर्षहरूमा ‘इन्फेक्सन कन्ट्रोल चार्ज’मा ५० प्रतिशतसम्म अतिरिक्त छुट दिने प्रावधान पनि यथावत् राखिएको बताइएको छ।

दुवै पक्षले सडक दुर्घटना न्यूनीकरण, स्वास्थ्य सचेतना अभिवृद्धि, रक्तदान कार्यक्रम तथा मेडिकल क्याम्प सञ्चालनजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू संयुक्त रूपमा अघि बढाउने सहमति गरेका छन्।

यो सम्झौता तीन वर्षका लागि लागू हुनेछ। कुनै पक्षले खारेज गर्न चाहेमा ३० दिनअघि लिखित सूचना दिनुपर्ने व्यवस्था गरिएको जनाइएको छ। सम्झौतामा मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा.अमित तोमर र महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

ताजा

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

कस्तो छ आजको मौसम पूर्वानुमान ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.