• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ बैशाख २०८३, मङ्गलबार
०१ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ८ घण्टा 

२०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?
  • १ दिन 

नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?
  • १ दिन 

२०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन
  • २ दिन 

नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य
  • २ दिन 

घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

  • २. ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

  • ३. सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

  • ४. एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. शेयर बजारमा १३ अंकको गिरावट,उत्पादन समूह हालसम्मकै उच्च स्तरमा

  • ७. २०८२ चैत २६ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

  • ९. २०८२ चैत २७ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु

प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

जानकारी केन्द्र २०८२, चैत्र, १३

काठमाडौं । नेपालको लुब्रिकेन्ट बजारलाई विश्वमा पछिल्लो समयमा उपलब्ध ग्लोबल स्ट्यान्डर्डसँग जोड्ने उद्देश्यका साथ लक्ष्मी ल्युब आयलले नेपालमै पहिलो पटक नयाँ आइ एल ए सी जि एफ ७र ए पी आइ एस क्यू प्यासेन्जर कार इन्जिन आयल रेन्ज भित्र्याएको छ ।

कम्पनीका अनुसार , नेपालका लागि टोटल इनर्जिजको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले हालै सम्पन्न च्यानल पार्टनर्स मिट २०२६ मा सो लुब्रिकेन्ट सार्वजनिक गरेको छ। यससँगै नेपालमा पहिलो पटक आईएलएसएसी जीएफ–७ मापदण्डमा आधारित लुब्रिकेन्ट उपलब्ध भएको कम्पनीले जनाएको छ।

यसका साथै हाई पर्फमेन्स रोयल क्रुजर १५ वाट ५०,२.५ लिटर, सेमी सिन्थेटिक मोटरसाइकल आयल पनि सार्वजनिक गरिएको बताइएको छ। विशेष गरी रोयल इन्फिल्ड मोटरसाइकलका लागि बनाइएको सो इन्जिन आयल क्लच प्रोटेक्ट टेक्नोलोजीका साथ उपलब्ध रहनुका साथै मोटरसाइकलको क्लचलाई लामो जीवन दिने कम्पनीले बताएको छ ।

कार्यक्रममा देशभरबाट २०० भन्दा बढी च्यानल पार्टनरहरूको सहभागिता रहेको जनाइएको छ। कार्यक्रममा टोटल इनर्जिज मार्केटिङ इन्डिया प्रालिका सीईओ र एक्जिक्युटिभ डाइरेक्टर विकेन नजरियानका साथै सिनियर म्यानेजर–एक्सपोर्ट्स प्रविण कुमार तथा नेपालको तर्फबाट लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र कम्पनीका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षण टोटल इनर्जिज क्वार्ट्ज जीएफ–७ रेन्ज सार्वजनिक भने यस अन्तर्गत तीन प्रमुख उत्पादनहरू क्वार्टज ९००० फ्युचर जि एफ ७ (५ डब्लु ३०/५ वाट ३०), क्वार्टज ७००० फ्युचर जि एफ ७ (५ डब्लु ३० ) र क्वार्टज ९००० एक्सट्रा फ्युचर एक्स टि (० डब्लु १६) रहेका छन् । यी इन्जिन आयलहरू नवीनतम आईएलएसएसी जीएफ–७ मापदण्डमा आधारित रहेको बताइएको छ, जसलाई विशेष गरी टर्बोचाज्र्ड तथा उच्च इन्धन दक्षता भएका आधुनिक पेट्रोल इन्जिनयुक्त सवारी साधनका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार नयाँ फर्मुलेसनले लो–स्पिड प्रि–इग्निसन (एलएसपीआई) विरुद्ध राम्रो सुरक्षा, इन्धन दक्षता सुधार तथा इन्जिन सफाइमा उल्लेखनीय सुधार प्रदान गर्छ। त्यसैगरी, लक्ष्मी ल्युब आयलले ‘डिलर अफ द इयर २०२५’ का रूपमा जोरपाटीस्थित शंकर यमुना अटो पार्ट्स,‘रिटेलर अफ द इयर २०२५’ का रूपमा नक्सालस्थित मोटर मार्ट अटो पार्ट्स तथा ‘बेस्ट ओईएम रफ्लिट अफ द इयर २०२५’ का रूपमा एलआई सर्भिसलाई घोषणा गरेको जनाइएको छ।

कम्पनीका अनुसार ‘डिलर अफ द इयर २०२५’ लाई पुरस्कारस्वरूप थाइल्याण्ड भ्रमणको अवसर प्रदान गरिएको छ भने ‘बेस्ट रिटेलर अफ द इयर २०२५’ लाई वासिङ मेसिन प्रदान गरिएको रहेको छ।

कार्यक्रमलाई अझ आकर्षक र सहभागीमूलक बनाउन लक्की ड्रको व्यवस्था गरिएको थियो, जसमा विजेतालाई १९० लिटर क्षमताको फ्रिज प्रदान गरिएको बताइएको छ। कार्यक्रम केवल प्रोडक्ट सार्वजनिक गर्ने मात्र नभई यसलाई कम्पनीको देशभर फैलिएको डिस्ट्रिब्युसन नेटवर्कलाई थप मजबुत बनाउने रणनीतिक प्लेटफर्मका रूपमा पनि प्रयोग गरिएको जनाइएको छ। कम्पनीले उत्कृष्ट प्रदर्शन गर्ने डिलर तथा रिटेलरहरूलाई सम्मान गर्दै बजार विस्तारमा उनीहरूको भूमिकाको प्रशंसा गरेको बताएको छ।

जीएफ–७ प्रविधियुक्त इन्जिन आयल र नयाँ मोटरसाइकल लुब्रिकेन्टको सुरुवातसँगै नेपाली अटोमोबाइल प्रयोगकर्ताले आधुनिक इन्जिन प्रविधिका लागि उपयुक्त नेक्स्ट जेनेरेसन लुब्रिकेन्ट प्राप्त गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आजको मौसम पुर्वानुमान
अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.