• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ चैत २०८२, शनिबार
१४ चैत २०८२, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै
  • ७ घण्टा 

प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षा र हिमपात ?
  • ११ घण्टा 

कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई कति ?
  • १ दिन 

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारमा उच्च अपेक्षा
  • १ दिन 

तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज
  • १ दिन 

२०८२ चैत १५ गते आइतबार, यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल
  • १ दिन 

काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप,स्थिति तनावग्रस्त
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत ०९ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ चैत १० गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • ४. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ६. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ८. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ९. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • १०. नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेको जे ६ टि

काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै

जानकारी केन्द्र २०८२, चैत्र, १५

काठमाडौं । अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसर पारेर काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुने भएको छ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान तथा यसअन्तर्गतका ३५ वटा रोटरी क्लबहरू, रोटर्याक्ट डिस्ट्रिक्टर इन्टर्याक्ट डिस्ट्रिक्ट ३२९२, ईएसआरएजी ( इन्भाइरोमेन्टल सस्टेनेबल रोटरी एकसन ग्रुप ) को संयुक्त आयोजनामा यही २०८२ चैत १६ र १७ गते (मार्च ३०–३१, २०२६) नेपाल कला परिषद् (एनएएफए), नक्सालमा प्रदर्शनी सञ्चालन गरिने बताइएको छ।

आयोजकका अनुसार यस जिरो वेस्ट एक्सिबिशन २०२६ कार्यक्रमलाई शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, युनाइटेड नेशनस ग्लोबल कम्प्याक्ट नेपाल तथा इन्भाइरोमेन्टल क्याम्पस फर कन्भसेसन अवेयरनेस (इ सी सी ए) ले समर्थन प्रदान गर्नुका साथै कार्यक्रमका सहकार्य साझेदारका रूपमा एच इ सी ए एफ ३६० तथा ब्लू वेष्ट टु भ्यालु आबद्ध रहेका जनाइएको छ।

“परिवर्तन आफैं बनौँ—फोहोर घटाऔँ, पुनःप्रयोग गरौँ र पुनर्चक्रण अपनाऔँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको यस प्रदर्शनीले दिगो जीवनशैली र स्वच्छ वातावरण निर्माणमा नागरिक सहभागिता बढाउने लक्ष्य लिएको बताइएको छ ।

“रिसाइकल र अपसाइकल उद्यम प्रवर्द्धन” मुख्य उद्देश्य राखिएको कार्यक्रम बिहान ११ बजेदेखि सञ्चालन हुनेछ भने प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।

प्रदर्शनीमा फोहोर व्यवस्थापन, पुनःप्रयोग, पुनर्चक्रण तथा स्तरोन्नत पुनःप्रयोग सम्बन्धी नवीन अभ्यास, प्रविधि र उद्यमहरू प्रदर्शन गरिनेछन्। आयोजकका अनुसार यसले स्रोतको दिगो उपयोग,फोहोरको मात्रा न्यूनीकरण तथा सर्कुलर अर्थतन्त्रको अवधारणालाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ भने प्रदर्शनीको उद्घाटन रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर रोटेरियन विनोद कोइरालाबाट हुने कार्यक्रम रहेको  छ।

प्रदर्शनीको मुख्य आकर्षणका रूपमा दोस्रो दिन विशेष प्यानल छलफल कार्यक्रम पनि आयोजना गरिने छ भने “बियोन्ड द बिनःजिरो वेस्ट भविष्यका लागि प्रणाली पुनःडिजाइन” शीर्षकमा हुने उक्त छलफलमा नीति निर्माता, निजी क्षेत्र, उद्यमी तथा वातावरणविद्हरूको सहभागिता रहने बताइएको छ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेल, “ब्लु वेस्ट टु भ्यालु” का सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नविन विकास महर्जन, संयुक्त राष्ट्रसंघ-ग्लोबल कम्प्याक्ट नेपालका अध्यक्ष समिर थापा,वेप्कोकी अध्यक्ष विष्णु थकाली तथा प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मका अध्यक्ष अरुण श्रेष्ठ प्यानलिस्टका रूपमा हुनेछन्। सत्रको अध्यक्षता विभूति मान सिंहले गर्नेछन् भने सञ्चालन डा.दिनेशराज मानन्धरले गर्ने छन् भने कार्यक्रममा मिस नेपाल २०२३ तथा वातावरण अभियन्ता श्रीच्छा प्रधानको बिशेष सम्बोधन समेत रहने आयोजकले बताएको छ।

वातावरण तथा फोहोर व्यवस्थापन क्षेत्रमा देखिँदै आएका चुनौतीहरू—अनियन्त्रित फोहोर उत्पादन, ल्यान्डफिलमा निर्भरता, प्लास्टिक प्रदूषण तथा स्रोतको दुरुपयोग—लाई सम्बोधन गर्न यस्ता बहुपक्षीय संवाद र प्रदर्शनी अत्यन्त महत्वपूर्ण हुने आयोजकको विश्वास छ। विशेषगरी सहरी क्षेत्रमा बढ्दो फोहोर संकट न्यूनीकरणका लागि सामूहिक पहल आवश्यक रहेको सन्देश कार्यक्रमले प्रवाह गर्ने जनाइएको छ।

कार्यक्रममा सहभागी हुन आयोजकहरूले सबै सरोकारवाला,युवा,विद्यार्थी,उद्यमी तथा आम नागरिकलाई आग्रह गरेका छन्। “उपभोगको शैली पुनर्विचार गरौँ, फोहोर घटाऔँ र वातावरण जोगाऔँ” भन्ने सन्देशसहित अभियानमा सहभागी हुन आह्वान गरिएको छ।

“हामी सबै मिलेर फोहोरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्न सक्छौँ र स्वच्छ भोलि निर्माण गर्न सक्छौँ,” भन्दै रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान वातावरण समितिका संयोजक रोटेरियन योगेश शाक्यले जानकारी दिए। प्रदर्शनीले हरित उद्यमलाई बजारसँग जोड्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा युवाहरूलाई दिगो जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्य लिएको बताइएको छ।

कार्यक्रमका मुख्य आकर्षण

.४०–५० वटा रिसाइकलरअपसाइकल उद्यमका स्टलहरू
.क्लब तथा विभिन्न निकायका वातावरणीय प्रदर्शनी बुथहरू
.आफैं गर्ने, प्रत्यक्ष तथा विषयगत प्रदर्शनहरू
.अडियो–भिजुअल प्रस्तुतीकरण
.विज्ञ तथा सरोकारवालासँग प्यानल छलफल
.खाद्य तथा आपसी सहकार्य (फेलोशिप) गतिविधिहरू

  • जिरो वेस्ट एक्सिबिशन
  • जिरो वेस्ट एक्सिबिशन २०२६
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षा र हिमपात ?

ताजा

काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै

प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षा र हिमपात ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.