• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • १० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १० घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १० घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १ दिन 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १ दिन 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित

  • ७. काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु

  • ८. टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

  • ९. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • १०. अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग

जानकारी केन्द्र २०८२, चैत्र, १५

काठमाडौँ । लुम्बिनी ट्रक यातायात व्यवसायी संघको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा संघका अध्यक्ष रुमाखर गौतमले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा यातायात क्षेत्रका चुनौती, उपलब्धि तथा भावी योजनाबारे विस्तृत रूपमा चर्चा गरिएको बताइएको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष गौतमले २०६७ सालमा स्थापना भएको संघले डेढ दशकको यात्रा पार गर्दै व्यवसायीहरूको भरोसायोग्य संस्थाको रूपमा आफूलाई स्थापित गरिसकेको बताए। उनले संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा सम्पूर्ण व्यवसायीहरूको योगदानले संघलाई यहाँसम्म ल्याएको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरे।

उनले हाल यातायात व्यवसायीहरू संघीय तथा प्रदेश सरकारबिचको दोहोरो कानुनी व्यवस्था, रुट परमिट तथा दर्ता प्रक्रियामा देखिएका जटिलताका कारण समस्यामा परेको बताए। साथै भारतीय मालवाहक सवारीसाधनको निर्वाध आवतजावतले नेपाली व्यवसाय धराशायी हुने अवस्थामा पुगेको भन्दै सीमासम्म मात्र सञ्चालन हुने द्विदेशीय मापदण्ड लागू गर्न सरकारसँग माग गरे।

कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले वर्तमान अवस्थामा यातायात क्षेत्र गम्भीर सङ्कटमा रहेको बताएका छन्। उनले यातायात क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको भए पनि राज्यका नीति निर्माण तहबाट अपेक्षित ध्यान नपाउँदा समस्या बढ्दै गएको उल्लेख गरे।

बानियाँले पार्किङ अभाव, सडक अनुशासनको कमी र कमजोर व्यवस्थापनका कारण दैनिक रूपमा दुर्घटना बढिरहेको बताए। उनका अनुसार हरेक दिन औसत सात जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन्, जुन स्थिति अत्यन्त चिन्ताजनक रहेको उनले उल्लेख गरे। “देशमा व्यवस्था परिवर्तन हुँदा जति मान्छे मरेनन्, त्यति संख्या अहिले सडक दुर्घटनामा गुमाइरहेका छौं,” उनले भने।

दुर्घटनापछि घाइतेको उपचारमा ढिलाइ हुने समस्या पनि गम्भीर रहेको उनले बताए। अस्पतालमा कसले खर्च बेहोर्ने भन्ने अन्योलका कारण समयमै उपचार नपाउँदा थप क्षति हुने गरेको भन्दै उनले सडकमा ट्रमा सेन्टर स्थापना गर्न सरकारसँग माग गरे। महासंघले भने देशका प्रमुख अस्पतालहरूसँग सम्झौता गरी दुर्घटनामा परेकाहरूको तत्काल उपचारको व्यवस्था मिलाएको जानकारी पनि उनले दिए।

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन नीतिगत स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै बानियाँले रुट परमिट, दर्ता प्रक्रिया र नियमन प्रणालीमा देखिएको दोहोरोपन हटाउनुपर्ने बताए। साथै भारतीय मालवाहक सवारीसाधनको निर्वाध प्रवेशले नेपाली व्यवसायी मारमा परेको भन्दै यसलाई नियमन गर्न कडा कदम चाल्न सरकारलाई आग्रह गरे।

भाडादरसम्बन्धी विषयमा बोल्दै उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत बढेको बताए। वैज्ञानिक आधारमा भाडा समायोजन आवश्यक रहेको उल्लेख गर्दै उनले पहाडमा करिब १४ प्रतिशत र तराईमा ८ प्रतिशतसम्म भाडा वृद्धि आवश्यक रहेको धारणा राखे।

त्यस्तै, उनले यातायात क्षेत्रलाई आधुनिक बनाउनेतर्फ महासंघले डिजिटलाइजेसन अभियान अघि बढाएको बताए। सवारीसाधनको विवरण, भार व्यवस्थापन र निगरानी प्रणालीलाई डिजिटल माध्यममा ल्याउँदा पारदर्शिता बढ्ने र अनियमितता नियन्त्रण हुने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा संघका अध्यक्ष रुमाखर गौतमले संघ स्थापना भएदेखि हालसम्मको यात्रा उल्लेख गर्दै व्यवसायीहरूको हितका लागि संस्था निरन्तर सक्रिय रहेको बताए। उनले संघीय तथा प्रदेश तहमा देखिएका कानुनी जटिलता समाधान गर्न सरकारसँग पहल गर्न आग्रह गरे।

कार्यक्रममा संघले बसन्तपुर धर्मकाँटालाई पूर्ण रूपमा डिजिटलाइजेसन गरेको, रक्तदान कार्यक्रम सञ्चालन गरेको तथा लुम्बिनी प्रदेश सरकारसँग समन्वय गरी चालक तथा सहचालकका लागि दुर्घटना न्यूनीकरण तालिमका लागि बजेट सुनिश्चित गराएको जानकारी पनि दिएको बताइएको छ।

त्यस्तै पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय परिस्थितिका कारण ढुवानी लागत बढेको उल्लेख गर्दै वैज्ञानिक आधारमा भाडादर समायोजन गर्न सरकारसँग पहल भइरहेको महासंघले जनाएको छ।

सभामा यातायात क्षेत्रलाई मर्यादित, व्यवस्थित र उपभोक्तामैत्री बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष गौतमले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै यातायात व्यवसायीहरूको एकता र सहकार्यले मात्रै वर्तमान चुनौती सामना गर्न सकिने बताएका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

ताजा

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.