नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
काठमाडौँ । जगदम्बा मोटर्सले आफ्नो नयाँ टिभीएस एनट्रोक १२५ रेस एक्सपी ब्ल्याक स्कुटर नेपालमा उपलब्ध रहेको छ । यो एनट्रोकको नयाँ भेरियन्ट हो भने विशेष गरी युवा र स्पोर्टी डिजाइन मन पराउने ग्राहकहरुका लागि तयार गरिएको कम्पनीले जनाएको छ । यस स्कुटरको कुल लम्बाई १८६१ एमएम,चौडाइ ७१० एमएम,उचाइ ११६४ एमएम र ह्वीलबेस १२८५ एमएम छ भने ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ । यसको कर्ब वजन १११ किलोग्राम छ र इन्धन ट्याङ क्षमता ५.८ लिटर रहेको छ ।
कम्पनीका अनुसार यस स्कुटरमा ३ भल्भ,सिंगल सिलिन्डर,४ स्ट्रोक,एयरकुल्ड,फ्यूल इन्जेक्टेड इन्जिन हुन्छ,जसको क्षमता १२४.८ सीसी रहेको हुन्छ । यसको अधिकतम पावर १०.२ पीएसका साथै ७००० आरपिएम र टर्क १०.८ एनएमका साथै ५५०० आरपीएम रहेको छ । स्कुटरमा इलेक्ट्रिक स्टार्ट,स्पीड गियरबक्स,एलइडी हेडल्याम्प,१२ भोल्ट,४ एम्पिअर आवर मेन्टेनेनस फ्री ब्याट्री र बि एस ६ उत्सर्जन मापदण्ड पालना गरिएको छ ।
टिभीएस एनट्रोक १२५ रेस एक्सपी ब्ल्याक स्कुटरको ह्वील अगाडि १००/८०–१२ र पछाडि १००/८०–१२ ट्यूबलेस टायर प्रयोग गरिएको छ । ब्रेकको लागि अगाडि २२ एमएम डिस्क र पछाडि र पछाडि १३ एमएम ड्रम छ । सस्पेन्सनमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक ड्यापर र पछाडि कोइल स्प्रिंग हाइड्रोलिक ड्याम्पर राखिएको छ । स्कुटरको उपलब्ध रंगहरु रेस रेड ब्ल्याक र डार्क ब्ल्याक हुन् । नेपालमा यसको मूल्य रु.३,२५,९०० रहेको कम्पनीले बताएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
