Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, १८
गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

काठमाडौँ । गुगलले जिमेल प्रयोगकर्ताका लागि नयाँ फिचर सार्वजनिक गरेको छ । यस सुविधामार्फत अब प्रयोगकर्ताले आफ्नो पुरानो इमेल ठेगाना परिवर्तन गर्न सक्नेछन् । यसअघि जिमेल युजरनेम बदल्न चाहनेले नयाँ एकाउन्ट खोल्नुपर्ने अवस्था थियो ।

नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले पुराना इमेल,डाटा र एकाउन्ट हिस्ट्री सुरक्षित राखेरै नयाँ जिमेल एड्रेस प्रयोग गर्न सक्नेछन् । यसले पहिले अनौपचारिक वा पुरानो नाम प्रयोग गरेर बनाइएका इमेल ठेगानाबाट असहज महसुस गर्नेहरुलाई सजिलो बनाउने अपेक्षा गरिएको छ ।

कम्पनीले यो सुविधा हाल अमेरिकामा मात्र उपलब्ध गराएको छ । अन्य देशहरुमा भने यो अपडेट क्रमशः विस्तार हुने बताइएको छ । त्यस्तै गरी प्रयोगकर्ताले वर्षमा एकपटक मात्र आफ्नो जिमेल एड्रेस परिवर्तन गर्न पाउने नियम पनि राखिएको छ ।

गुगलका अनुसार नयाँ इमेल एड्रेस बनाएपछि पनि पुरानो ठेगाना पूर्ण रुपमा बन्द हुदैन । पुरानो ठेगानामा आउने इमेलहरु स्वतःनयाा एड्रेसमा प्राप्त हुने व्यवस्था गरिएइको छ । जसले प्रयोगकर्तालाई झन्झट बिना परिवर्तन गर्न सहयोग पुग्नेछ ।

Top Changing Nepal

युट्युब सट्स