यस वर्षको एसइई भोलिबाट सुरु, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक परीक्षा (एसइई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुदै छ । परीक्षा देशभरका सबै केन्द्रमा बिहान ८ बजेदेखि एकै समयमा सुरु हुनेछ भने पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा रहको छ ।
यस वर्ष कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । तीमध्ये ४ लाख ४१ हजार ५६६ नियमिततर्फ र ७० हजार ८५५ ग्रेड वृद्धितर्फका विद्यार्थी छन् । सहभागी मध्ये छात्राको संख्या छात्र भन्दा बढी रहेको बोर्डले जनाएको छ ।
देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन् भने ११ हजारभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । प्रदेशगत रुपमा बागमती प्रदेशमा सबै भन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम परीक्षार्थी रहेका छन् ।
परीक्षाको सम्पूर्ण तयारी भइसकेको बोर्डले जनाएको छ । यसवर्ष परीक्षा केन्द्रभित्र सामूहिक अनुगमनमा रोक लगाइएको छ भने प्रश्नपत्रहरु सबै जिल्लामा सुरक्षित रुपमा पुर्याइसकिएको छ र आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ ।
सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
