वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै
काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण प्रणालीमा ठूलो परिवर्तन गर्दै लामो समयदेखि चल्दै आएको सिन्डिकेट अन्त्य गरेको छ । श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको निर्णय अनुसार अब यस्तो परीक्षण सरकारी वा सरकारबाट स्वीकृत स्वास्थ्य संस्थामार्फत गर्न सकिने भएको छ ।
यसअघि सीमित निजी स्वास्थ्य संस्थामार्फत मात्रै परीक्षण हुने व्यवस्था रहेको थियो भने यसले प्रतिस्पर्धा अभाव र सेवामा असहजता देखिएको गुनासो आइरहेको थियो । नयाँ व्यवस्थासँगै थप स्वास्थ्य संस्थालाई प्रक्रिया पूरा गरी सूचीकरणमा सहभागी हुन अवसर दिइने भएको छ ।
वैदेशिक रोजगार ऐन,२०६४ र नियमावली २०६४ मा रहेको व्यवस्थाअनुसार नै अब सरकारी स्वामित्वका अस्पतालहरुबाट पनि स्वास्थ्य परीक्षण गराउन सकिने स्पष्ट पारिएको मन्त्रालयले जनाएको छ । यसले कानुनी प्रावधानलाई व्यवहारमा कार्यान्वयन गर्ने बाटो खुला गरेको छ ।
मन्त्रालयका अनुसार इच्छुक स्वास्थ्य संस्थाले तोकिएको मापदण्ड पूरा गरी सूचीकरण,नवीकरण र अनुगमन प्रक्रियामा सहभागी हुन सक्नेछन् । यसबाट सेवा थप व्यवस्थित,पारदर्शी र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ ।
यस निर्णय पछि मलेसिया तथा खाडी मुलुक जाने श्रमिकहरुले अब सहज र सुलभ रुपमा स्वास्थ्य परीक्षण सेवा पाउने विश्वास गरिएको छ । यसअघि करिब ६ हजार ६ सय रुपैँया शुल्क लिँदै आएका संस्थाहरुमा सीमितता हट्दा लागतसमेत घट्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
