फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना
काठमाडौं । फोटोन मोटर्स नेपालले यहि चैत १५ गते इटहरीमा आफ्नो नयाँ शोरूम सफलतापूर्वक उद्घाटन गरेको बताएको छ। कम्पनीका अनुसार यो विस्तार कम्पनीको नेपालभर आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने र पूर्वी क्षेत्रका ग्राहकहरूसम्म आफ्ना उत्पादन तथा सेवाहरू सहज रूपमा पुर्याउने निरन्तर प्रयासको एक हिस्सा हो। प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीस्थित यो नयाँ शोरूमले सुनसरी, मोरङ तथा आसपासका जिल्लाका ग्राहकहरूलाई सेवा प्रदान गर्दै फोटोनलाई आफ्नो बढ्दो ग्राहक आधारसँग अझ नजिक ल्याएको बताइएको छ।

नयाँ शोरूमलाई पूर्ण ३ एस सुविधा सहित डिजाइन गरिनुका साथै यसबाट ग्राहकहरूले एकै स्थानमा सेल्स, आफ्टर सेल्स सर्भिस तथा जेनुइन स्पेयर पार्ट्स सजिलै प्राप्त गर्न सक्ने जनाइएको छ । यस एकीकृत व्यवस्थाले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्नुका साथै सेवा समय घटाउने र समग्र स्वामित्व अनुभवलाई सहज बनाउने लक्ष्य राखिएको कम्पनीले बताएको छ।
शोरूम उद्घाटनसँगै ग्राहकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले विशेष ‘कस्टमर मिट’ कार्यक्रम पनि आयोजना गरिएको थियो भने कार्यक्रममा हालका तथा सम्भावित फोटोन ग्राहकहरूले आफ्ना अनुभव, अपेक्षा र सुझावहरू खुलेर साझा गरेको जनाइएको छ। फोटोन मोटर्सका अनुसार यस पहलले पहिले ग्राहकको कुरा सुन्ने, वास्तविक आवश्यकताहरू बुझ्ने र प्राप्त प्रतिक्रियाका आधारमा सेवामा सुधार गर्ने कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्नुका साथै फोटोन मोटर्स नेपालले भविष्यका रणनीतिहरू निर्माण गर्न, विशेषगरी आफ्टर सेल्स सर्भिस र समग्र स्वामित्व अनुभवलाई अझ सुधार गर्न, ग्राहकहरूको सुझाव महत्वपूर्ण छ। कम्पनीले सेवा गुणस्तरमा वृद्धि, छिटो प्रतिक्रिया प्रणाली सुनिश्चित गर्ने र निरन्तर सुधारमार्फत दीर्घकालीन विश्वास निर्माण गर्ने लक्ष्य लिएको बताएको छ।

भौतिक पूर्वाधार विस्तारसँगै फोटोनले सवारीधनीहरूलाई सहयोग पुर्याउने संरचनामा पनि लगानी जारी राखेको छ भने देशभर १६६ भन्दा बढी स्थानमा सीसएिस २ टाइप डिसी फास्ट चार्जिङ नेटवर्क विस्तार भइसकेको छ र यो विस्तार अझै जारी रहेको जनाइएको छ।कम्पनीका अनुसार यसले इलेक्ट्रिक सवारीसाधनको प्रयोगलाई थप सहज र भरपर्दो बनाउँदै रेन्ज सम्बन्धी चिन्ता घटाउने र देशव्यापी पहुँच वृद्धि गर्ने अपेक्षा गरिएको छ। इटहरी शोरूम उद्घाटन र कस्टमर मिट कार्यक्रमको सफलतासँगै फोटोनले आफ्नो मुख्य सन्देशलाई पुनः जोड दिनुका साथै कम्पनी अब आफ्ना ग्राहकहरूको अझ नजिक आएको बताइएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

