‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
काठमाडौँ । के.एल. दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ ले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ। यस सहकार्य मार्फत कम्पनीले आफ्नो पहिचानलाई थप ऊर्जावान बनाउने र नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको बताएको छ।
सन् १९८९ मा स्थापना भई के.एल. दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राखेको जनाएको छ। कम्पनीका अनुसार ‘ज्ञान’ ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको छ र वर्षौंदेखि घरघरमा विश्वासिलो नामका रूपमा चिनिन्छ।
के.एल.दुगर ग्रुपकी कार्यकारी निर्देशक भाविका दुगरले भनिन,“स्वस्तिमा खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ। उहाँको दर्शकसँँगको बलियो सम्बन्धले उहाँलाई हाम्रो ब्राण्डका लागि उत्कृष्ट प्रतिनिधि बनाएको छ। हामी आफ्ना मुल मान्यताहरूमा अडिग रहँदै अगाडि बढिरहँदा उहाँसँगको सहकार्य झन् अर्थपूर्ण हुने विश्वास लिएका छौँ।,”
ज्ञान मसलासँग जोडिन पाउँदा नायिका स्वस्तिमा खड्काले खुसी व्यक्त गर्नुका साथै लामो समयदेखि विभिन्न खाद्यान्नको रुपमा आफ्नो घरमा पनि रहेको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासँग पुर्याउने आफूले सक्रिय भूमिका खेल्ने उनले बताएकी छिन्।
कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँ प्रकारका मसला उत्पादनहरू बजारमा सार्वजनिक गरिरहेको छ भने १४ विभिन्न प्रकारमा उपलब्ध यस ज्ञान मसलाले बजारको माग अनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्ने लक्ष्य लिएको कम्पनीले बताएको छ ।
के.एल. दुगर ग्रुपले आफ्नो वृहत वितरण सञ्जालमार्फत देशभर गुणस्तरीय उत्पादनहरू पुर्याउँदै आएको र हरेक नेपाली भान्सामा ज्ञान मसलाको पनि सहज पहुँच भइरहेको दाबी गरेको छ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
