डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका
काठमाडौँ । नेपालमा टेलिकमका प्रयोगका लागि उपयोगी अपडेट सार्वजनिक भएको छ । अब डेटा प्याक सकिएपछि स्वतः मुख्य ब्यालेन्स कटिने समस्या समाधान गर्न सकिने भएको छ । यसले विशेषगरी मोबाइल डेटा प्रयोग गर्दा अनावश्यक रुपमा पैसा खर्च हुने अवस्थालाई नियन्त्रणमा ल्याउने अपेक्षा गरिएको छ ।
एनटिसी सिम प्रयोगकर्ताले आफ्नो मोबाइलबाट *444# डायल गरेर उपलब्ध मेनुमा प्रवेश गर्न सकिनेछ । त्यहा देखिने विभिन्न हरुमध्ये ४ नम्बरको विकल्प चयन गरेर पीएआइजी (पे एज यू गो) सेवा डिसेवल गर्न सकिनेछ । यस सेटिंग अफ गरेपछि डेटा प्याक सकिएपछि स्वतः डेटा चल्ने र ब्यालेन्स कटिने प्रक्रिया बन्द हुन्छ ।
पहिले धेरै प्रयोगकर्ताले डेटा प्याक सकिएको थाहा नपाई इन्टरनेट चलाउँदा ब्यालेन्स छिट्टै सकिने गुनासो गर्दै आएका थिए । अब यो नयाँ व्यवस्थाले त्यस्ता समस्यालाई हटाउँदै प्रयोकर्तालाई आफ्नै नियन्त्रणमा खर्च व्यवस्थापन गर्ने सुविधा दिएको हुन्छ ।
यस सुविधा प्रयोग गरेपछि प्रयोगकर्ताले आवश्यक परेको बेला मात्र डेटा प्याक खरिद गरेर इन्टरनेट प्रयोग गर्न सक्नेछन् । यसले खर्च बचत मात्र होइन स्मार्ट तरिकाले मोबाइल सेवा प्रयोग गर्ने अवसर पनि प्रदान गर्नेछ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
