ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न
काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको सहकार्यमा शनिबार “स्प्रिङ जुम्बा फेष्ट” उत्साहका साथ सम्पन्न भएको छ। रोयाल ट्यूलिप काठमाडौं हस्पिट्यालिटी पार्टनर रहेको उक्त कार्यक्रममा देशभरका करिब ४०० फिटनेसप्रेमी र लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा जुम्बा नृत्य, डिटक्स तथा डिस्ट्रेस गतिविधिमार्फत सहभागीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिएको थियो। जिन नेपालले हाल नेपालभर ५० भन्दा बढी लाइसेन्स प्राप्त प्रशिक्षकहरूलाई समेट्दै, फिटनेस समुदाय विस्तारमा सक्रिय भूमिका खेलिरहेको बताइएको छ।

कार्यक्रममा ट्रान्क्यूलिटी स्पाका प्रमूख मानव संसाधन तथा वित्त अधिकृत साथै जिन नेपालको सक्रिय सदस्य निशा श्रेष्ठले भनिन्, “यस्ता कार्यक्रमहरूले मानिसलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्दछ, जसमा सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं।”
यसै क्रममा बैशाख १८ गते शुक्रबार द सोल्टी काठमाडौं स्थित ट्रान्क्यूलिटी स्पामा जुम्बा प्रशिक्षक तालिम आयोजना गरिने जनाइएको छ । साथै, ट्रान्क्यूलिटी स्पा र जिन नेपाल बीच वेलनेश संस्कृति प्रवद्र्धन गर्नका लागि आगामी दिनहरुमा पनि सहकार्य गरिने बताइएको छ।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
