यस्तो छ आजको मौसम पुर्वानुमान
काठमाडौं । देशका पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको पूर्वानुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज तराईका भू-भागमा हावाहुरीको सम्भावना छ ।
हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र तराई भू-भागमा आंशिक बदली रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहीबार राति मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । शुक्रबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ । “कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ,” विभागले भनेको छ ।
विभागका अनुसार, राति कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी पहाडी, हिमाली र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
सम्बन्धित समाचार
नुवाकोट–रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग ठप्प,काठमाडौंका नाका अवरुद्ध
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
‘ट्विटर’मा निलो चरा फर्किँदै
भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै


