यस्तो छ आजको मौसम पुर्वानुमान
काठमाडौं । देशका पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको पूर्वानुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज तराईका भू-भागमा हावाहुरीको सम्भावना छ ।
हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र तराई भू-भागमा आंशिक बदली रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहीबार राति मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । शुक्रबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ । “कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ,” विभागले भनेको छ ।
विभागका अनुसार, राति कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी पहाडी, हिमाली र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
