नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक
काठमाडौँ । विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए—सेबेन सार्वजनिक गरेको छ । उत्कृष्ट र परिस्कृत डिजाइन, ठूलो डिस्प्ले स्क्रिन र उच्चस्तरीय कार्यक्षमताका साथ यो स्मार्टफोन नेपाली बजारमा आएको बताइएको छ ।
कम्पनीका अनुसार रेड्मी ए—सेबेन मध्यम र हल्का वजनको स्मार्टफोन हो भने तौल १९३ ग्राम र आकार १७१.७९ मिमी एक्स ७७.८ मिमी एक्स ८.२६ मिमी रहेको छ भने यसमा ६.८८ इन्चको ठूलो एलसिडी डिस्प्लेसँगै ४५० निट्सको ब्राइटनेस रहेको छ । यसले ‘डिसी डिमिङ’ प्रविधि सपोर्ट गर्नुका साथै यसले गर्दा लामो समयसम्म फोन चलाउँदा पनि आँखामा खासै असर नपर्ने (कमै मात्र पर्छ) कम्पनीको विश्वास छ।
यस स्मार्टफोनमा १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट गर्ने भएकाले डिभाइस निकै ‘स्मुथ’ तरिकाले चल्नेछ भने ३ जीबी + ६४जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको यो फोनमा र्यामलाई ३ जीबीबाट ६ जीबीसम्म बढाउन मिल्ने ‘मेमोरी एक्स्टेन्सन’ सुविधा पनि रहेको जनाइएको छ ।
दैनिक रूपमा लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको रेड्मी साथै ५२०० एमएएच क्षमताको ब्याट्री भएको यस रेड्मी ए—सेबेनले लामो समयसम्म टिक्ने क्षमता प्रदान गर्ने बताइएको छ । यसमा १५ वाटको इन्ट्री–लेभल फास्ट चार्जिङ प्रविधि जडान गरिएको छ भने यसले फोन छिटो चार्ज गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । त्यस्तै गरी प्रयोगकर्ताको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न यसमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् ।
यस रेड्मी ए—सेबेन फोनमा रहेको १३ एमपी मुख्य क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा भएकाले फराकिलो लेन्स एपेर्चर र कम उज्यालो भएको ठाउँमा पनि उत्कृष्ट तस्विर खिच्न सकिनेछ भने यसको क्यामेरा मधुरो प्रकाशमा पनि उत्कृष्ट पोट्रेट र स्ट्यान्डबिना नै विभिन्न सटहरू खिच्नका लागि उपयुक्त मानिएको छ ।
३.५ मिमीको हेडफोन ज्याक उपलब्ध यस फोनले गीत वा पोडकास्ट सुन्दा यथार्थपरक अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । रेड्मी ए—सेबेनको स्लिक र परिष्कृत डिजाइनले यसलाई थप स्तरीय र प्रिमियम लुक दिनुका साथै यो फोन कालो, स्काइ ब्लु र अर्चिड पर्पल (हल्का चम्किलो वा वैजनी) रङहरूमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
रेड्मी ए—सेबेनले आफ्ना ग्राहकहरूलाई दुई वर्षको वारेन्टी रहनुका साथै बजारमा यो नयाँ स्मार्टफोनको मूल्य रु. १५ हजार ९ सय ९९रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह