Jankari Kendra
९ श्रावण २०८३, शनिबार

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, चैत्र, २७
एलजीद्धारा  एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक

काठमाडौँ। एलजी इलेक्ट्रोनिक्सले एशिया प्रशान्त क्षेत्रलाई ध्यानमा राख्दै आफ्नो नयाँ योजना र प्रविधि प्रस्तुत गरेको छ । बुसानमा आयोजना ‘इननोफेस्ट २०२६ एपीएसी’ कार्यक्रममा कम्पनीले आधुनिक र प्रयोगकर्ता केन्द्रित घरायसी उपकरणहरु देखाएको बताइएको छ ।

एलजीले विशेषगरी एशियाली शहरहरुको सानो आवासीय संरचनालाई ध्यानमा राख्दै डिजाइन गरिएका उपकरणहरु प्रदर्शन गरेको छ भने कम ठाउँमा अट्ने वासिंग मेसिन,ऊर्जा बचत गर्ने ड्रायर र भान्साका लागि स्मार्ट समाधानहरु कार्यक्रममा मुख्य आकर्षण बनेको जनाइएको छ।

कम्पनीले एआई प्रविधिको प्रयोग बढाउँदै घरलाई ‘स्मार्ट होम’मा रुपान्तरण गर्ने लक्ष्य राखेको बताएको छ । नयाँ प्रविधिमा आधारित फ्रिज,छिटो काम गर्ने डिशवासर तथा स्मार्ट ओभनजस्ता उपकरणहरु प्रयोकर्ताको सहजताको लागि तयार गरिएको जनाइएको छ ।

एआई होम अवधारणामार्फत सबै उपकरणलाई एउटै प्रणालीबाट सञ्चालन गर्न सकिने सुविधा पनि प्रस्तुत गरिएको छ । यसले घरभित्रको कामलाई अझ सरल र व्यवस्थित बनाउने विश्वास कम्पनीको छ ।

एलजीका अनुसार एशिया बजार भविष्यका लागि महत्वपूर्ण भएकाले यहाँ थप विस्तार र सहकार्यलाई प्राथमिकता दिइनेछ ।

 

युट्युब सट्स