एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
काठमाडौँ। एलजी इलेक्ट्रोनिक्सले एशिया प्रशान्त क्षेत्रलाई ध्यानमा राख्दै आफ्नो नयाँ योजना र प्रविधि प्रस्तुत गरेको छ । बुसानमा आयोजना ‘इननोफेस्ट २०२६ एपीएसी’ कार्यक्रममा कम्पनीले आधुनिक र प्रयोगकर्ता केन्द्रित घरायसी उपकरणहरु देखाएको बताइएको छ ।
एलजीले विशेषगरी एशियाली शहरहरुको सानो आवासीय संरचनालाई ध्यानमा राख्दै डिजाइन गरिएका उपकरणहरु प्रदर्शन गरेको छ भने कम ठाउँमा अट्ने वासिंग मेसिन,ऊर्जा बचत गर्ने ड्रायर र भान्साका लागि स्मार्ट समाधानहरु कार्यक्रममा मुख्य आकर्षण बनेको जनाइएको छ।
कम्पनीले एआई प्रविधिको प्रयोग बढाउँदै घरलाई ‘स्मार्ट होम’मा रुपान्तरण गर्ने लक्ष्य राखेको बताएको छ । नयाँ प्रविधिमा आधारित फ्रिज,छिटो काम गर्ने डिशवासर तथा स्मार्ट ओभनजस्ता उपकरणहरु प्रयोकर्ताको सहजताको लागि तयार गरिएको जनाइएको छ ।
एआई होम अवधारणामार्फत सबै उपकरणलाई एउटै प्रणालीबाट सञ्चालन गर्न सकिने सुविधा पनि प्रस्तुत गरिएको छ । यसले घरभित्रको कामलाई अझ सरल र व्यवस्थित बनाउने विश्वास कम्पनीको छ ।
एलजीका अनुसार एशिया बजार भविष्यका लागि महत्वपूर्ण भएकाले यहाँ थप विस्तार र सहकार्यलाई प्राथमिकता दिइनेछ ।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
