४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर
काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि आकर्षक डाटा अफर सार्वजनिक गरेको छ । प्रिपेड र पोस्टपेड दुवै प्रकारका प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले दुई विशेष प्याकेज ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ बजारमा ल्याएको छ ।
‘न्यु इयर लाइट’ प्याकेजअन्तर्गत ४९९ रुपैँयामा ग्राहकहरुले ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक तोकएको सीमा सकिएपछि पनि इन्टरनेट सेवा रोकिने छैन बरु २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै गरी ‘न्यु इयर प्रिमियम’ प्याकेज ६९९ रुपैयामा उपलब्ध हुनेछ भने जसमा प्रयोगकर्ताले प्रत्येक दिन १० जीबी डाटा पाउनेछन् । यो सीमा नाघेपछि ३ एमबीपीएस गतिमा निरन्तर इन्टरनेट सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यो अफर चैत ३० गतेदेखि सुरु भई वैशाख २ गतेसम्म मात्र खरिदका लागि खुला रहनेछ । दुवै प्याकेजको मान्य अवधि भने ३० दिन रहनेछ । पोस्टपेड ग्राहकहरुको हकमा भने खरिद गरिएको प्याकेजको शुल्क मासिक रेन्टलमै समावेश हुने व्यवस्था मिलाइएको छ ।
कम्पनीका अनुसार नयाँ वर्षको अवसर पारेर सुलभ र गुणस्तरीय इनटरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले यो योजना ल्याइएको हो । इच्छुक ग्राहकहरुले १४१५११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत सहज रुपमा प्याकेज सक्रिय गर्न सक्नेछन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
