कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले व्यवसायीलाई दिने भनिएको कर छुट कार्यान्वयन नगरेसम्म विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट निरन्तरता दिन नसकिने स्पष्ट चेतावनी दिएको छ ।
यातायात व्यवस्था विभागले पुरानो निर्णयअनुसार छुट कार्यान्वयन गर्न आग्रह गर्दै पत्राचार गरेपछि महासघंले यस्तो प्रतिक्रिया जनाएको हो । महासघंले महानिर्देशकलाई पठाएको पत्रमा संघीय संरचना लागु भएसँगै यातायात क्षेत्रको अधिकार बाँडफाँड हुँदा व्यवसायीले पाउँदै आएको विभिन्न सहुलियतहरु हटाइएको उल्लेख गरेको छ ।
वि. स. २०६५ फागुन २० गते सरकार र व्यवसायीबीच भएको सहमति अनुसार विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिने र त्यसको बदलामा व्यवसायीलाई कर ,रुट परमिट तथा जाँचपासमा ६० प्रतिशत छुट दिने व्यवस्था गरिएको थियो ।
तर संघीयता लागु भएपछि कोशी प्रदेशहरुले अन्य प्रदेशहरुले व्यवसायीलाई दिइँदै आएको कर छुट हटाउनुका साथै करका दरहरु असमान रुपमा बढाइएको महासंघको दाबी छ । महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित पत्रमा सरकारले पुरानै ६० प्रतिशत कर पुन लागु नगरेसम्म विभागको निर्देशन कार्यान्वयन गर्न नसकिने स्पष्ट पारिएको छ ।

सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

