प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली हुँदा हवाई उडान प्रभावित भएका छन्। विशेषगरी काठमाडौं उपत्यकामा बिहानैदेखि आकाश धुम्मिएको र मौसम अँध्यारो देखिएको छ।
प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा समेत असर परेको छ। टर्किस एयरलाइन्सको इस्तानबुलबाट आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकी दिल्लीतर्फ डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
यस्तै, केही आन्तरिक उडानहरू पनि ढिला (डिले) भएका छन्। मौसममा सुधार नआएसम्म उडान तालिका प्रभावित हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणदेखि मध्यम बदली रहेको छ। यस्तै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ। सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
