पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र सक्रिय रहेको छ। यस प्रणालीका कारण देशका अधिकांश क्षेत्रमा मौसम बदली भएको छ भने केही स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। अन्य भूभागमा आंशिक बदली देखिएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ। यी प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि छ।
विशेषगरी कोशी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। त्यस्तै तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशका अधिकांश प्रदेशमा बदली कायम रहनेछ। कोशी, मधेस, बागमती र गण्डकीका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षा र हिमपात हुने सम्भावना महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

