३२ औं पटक सगरमाथाको शिखरमा कामिरिता : तोडे आफ्नै रेकर्ड
जानकारी केन्द्र
२०८३, जेष्ठ, ३
काठमाडौं । ‘एभरेष्टम्यान’ उपनामले विश्वभर कहलिएका विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आज (आइतबार) बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।
गए वर्ष जेठ १३ गते उनले ३१ औँ पटक आरोहण पूरा गरेका थिए । उनले वि.सं २०८१ को यही सिजनमा २९ र ३० औं पटक आरोहण पूरा गरेका थिए । उनले आज ३२ औं पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागले जनाएको छ । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाको मुख्य पेशा पर्वतारोहण हो । उनी हाई अल्टिच्युड माउन्टेन गाइडको रुपमा कार्यरत छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
