नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
काठमाडौं । नेपालमा ओमोडा इ५ को अभूतपूर्व सफलता र १५०० भन्दा बढी गाडीहरू नेपाली सडकमा गुडिरहेको अवस्थामा, थप परिष्कृत प्रविधि र डिजाइनका साथ नयाँ इ५ प्रो नेपाल भित्रिँदैछ।
ओमोडाको इलेक्ट्रिक लाइनअपको अर्को पुस्ताको रूपमा प्रस्तुत गरिएको नयाँ इ५ प्रो ले स्मार्ट, कनेक्टेड र भावनात्मक मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ। आकर्षक तथा भविष्यवादी डिजाइन, थप आरामदायी इन्टेरियर, अत्याधुनिक सुरक्षा प्रविधि तथा प्रिमियम फिचरहरूसहित यो गाडी आधुनिक नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, हाल उपलब्ध भएको ओमोडा इ५ मा ५४० -डिग्री प्यानोरामिक क्यामेरा, १८-इन्च अलोय ह्विल, १९ भन्दा बढी एडीएस सुरक्षा फिचरहरू, ८-स्पिकर प्रिमियम साउन्ड सिस्टम, ५० वार्ट वायरलेस चार्जर लगायत स्मार्ट ड्राइभिङ अनुभवका लागि डिजाइन गरिएका धेरै प्रिमियम तथा अत्याधुनिक प्रविधिहरू समावेश छन्।
नेपालमा सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा,ओमोडा इ५ आफ्नो डिजाइन, प्रविधि र प्रदर्शनका कारण इभि ग्राहकहरूबीच निकै लोकप्रिय बन्न सफल भएको कम्पनीले दाबी छ। अब छिट्टै नेपालमा सार्वजनिक हुन लागेको नयाँ इ५ प्रो मार्फत, ब्रान्डले अझ उन्नत प्रविधि, परिष्कृत डिजाइन तथा थप स्मार्ट र कनेक्टेड मोबिलिटी अनुभव प्रदान गर्दै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्य राखेको कम्पनीले बताएको छ।
नेपालमा इभि पूर्वाधार विस्तार हुँदै जानु, ग्राहकको विश्वास बढ्दै जानु तथा प्रिमियम इलेक्ट्रिक एसयुभि प्रति आकर्षण वृद्धि भइरहेका बेला नयाँ इ५ प्रो को आगमनले नेपाली अटोमोबाइल बजारलाई अझ आधुनिक इलेक्ट्रिक मोबिलिटीको दिशामा अघि बढाउने विश्वास गरिएको कम्पजीले जनाएको छ।
एसपिजी अटोमोबाइल नेपालका अग्रणी अटोमोबाइल वितरकमध्ये एक हो, जसले विश्वप्रसिद्ध ब्रान्डहरू तथा नवीन गतिशीलता समाधानहरू नेपाली बजारमा ल्याउने प्रतिबद्धता राखेको बताइएको छ। बलियो नेटवर्क, ग्राहक–केन्द्रित सोचमार्फत कम्पनीले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको जनाएको छ।
सम्बन्धित समाचार
भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
यमराजको पूजा र विविध झाँकीसहित आज गाईजात्रा मनाइँदै
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल

