नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न
काठमाडौँ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा एक दिने करियर ओरिएन्टेड कार्यक्रम आयोजना सम्पन्न गरिएको छ । इन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सको विद्यार्थी शाखाले विद्यार्थीहरूको करियर विकास र उद्योग सम्बन्धी बुझाइलाई मजबुत बनाउने उद्देश्यले विशेष करियर सशक्तिकरण सत्र आयोजना गरेको हो ।
“ब्रिज द ग्याप : क्याम्पसदेखि करियरसम्म” शीर्षकमा आयोजित कार्यक्रममा भविष्यका प्रविधि नेतृत्वकर्ताहरूलाई कर्पोरेट क्षेत्रका अपेक्षा, तयारी प्रक्रिया तथा व्यावसायिक यात्राबारे महत्वपूर्ण जानकारी दिइयो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पिपुल एण्ड कल्चरकी निर्देशक वर्षा विष्टले उद्योगका अपेक्षा करियर विकासका अवसरहरू तथा कलेज जीवनबाट कर्पोरेट जीवनतर्फको सहज संक्रमणका विषयमा जानकारी दिइन् ।

उनले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कार्यसंस्कृति, भर्ती प्रक्रिया तथा करियर निर्माणका व्यावहारिक पक्षबारे अनुभव साझा गरेकि थिइन् । आयोजकहरूले विद्यार्थीहरूलाई यो सत्रले अध्ययनदेखि पेशागत जीवनसम्मको यात्रा बुझ्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । साथै, प्रविधि क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको बताइएको छ ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले विद्यार्थीहरूको सिकाइसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले समयसमयमा यस्ता कार्यक्रमहरू गर्दै आइरहेको कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिए ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?