सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने
काठमाडौं । एनसेल फाउन्डेसनले यस वर्षपनि देशव्यापी रुपमा ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ । माध्यमिक शिक्षा परीक्षा, एसईई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनको तयारीमा रहेका जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई लक्षित गर्दै फाउन्डेसनले छात्रवृत्तिको घोषणा गरेको हो।
छात्रवृत्तिका लागि सातै प्रदेशमा लिखित र अन्तर्वार्ता परीक्षा लिइने जनाइएको छ । यस प्रक्रियामार्फत एसईई उत्तीर्ण १०० जना योग्य विद्यार्थीलाई विद्यार्थीको छनोट गरिने फाउन्डेसनले जनाएको छ ।
यसैबीच, देशका दुर्गम क्षेत्रका प्रतिभाशाली एवं आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुनसक्ने विद्यार्थीलाई यो छात्रवृत्तिमा विशेष प्राथमिकता दिइनेछ ।
छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई अध्ययनमा थप टेवा पुर्याउने उद्देश्यले एनसेलको तर्फबाट १२ महिनासम्म सीमित डेटा र भ्वाइस सेवासहितको निःशुल्क सञ्चार सुविधासमेत उपलब्ध गराइनेछ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
