Jankari Kendra
९ श्रावण २०८३, शनिबार

संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, जेष्ठ, ६
संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित

काठमाडौं । एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई संघर्षपूर्ण  खेलमा नेपालले शानदार जित हासिल गरेको छ ।

मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो । सम्झना खड्काले ३२ रन बनाइन् भने रुबी पोद्दारले १५ रन बनाइन् । कविता जोशीले ६ रन बनाइन् ।

मलेसियाका लागि नूर कलिसाले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिइन् । आइसा एलिसा र एल्सा हन्टरले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ६७ रन मात्र बनाएको हो ।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । कप्तान मास एलिसाले ८ तथा माहिरा इजाती र एर्दिना बेलले समान ७ रन बनाए ।

नेपालका लागि पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिइन् । रिया शर्मा र मनिषा उपाध्यायले २-२ विकेट लिँदा कविता कुँवर र सीता राना मगरले १-१ विकेट लिए ।

युट्युब सट्स