संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित
काठमाडौं । एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई संघर्षपूर्ण खेलमा नेपालले शानदार जित हासिल गरेको छ ।
मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो । सम्झना खड्काले ३२ रन बनाइन् भने रुबी पोद्दारले १५ रन बनाइन् । कविता जोशीले ६ रन बनाइन् ।
मलेसियाका लागि नूर कलिसाले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिइन् । आइसा एलिसा र एल्सा हन्टरले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ६७ रन मात्र बनाएको हो ।
मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । कप्तान मास एलिसाले ८ तथा माहिरा इजाती र एर्दिना बेलले समान ७ रन बनाए ।
नेपालका लागि पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिइन् । रिया शर्मा र मनिषा उपाध्यायले २-२ विकेट लिँदा कविता कुँवर र सीता राना मगरले १-१ विकेट लिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
