माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
काठमाडौं । बदलिँदो जीवनशैलीसँगै आजका उपभोक्ताहरू घरायसी उपकरणमा केवल आकर्षक डिजाइन मात्र नभई सुविधा, ऊर्जा दक्षता र भरपर्दो कार्यक्षमताको अपेक्षा राख्न थालेका छन्। विशेषगरी रेफ्रिजेरेटर अब केवल खाद्य सामग्री चिसो राख्ने उपकरण मात्र नभई घरको दैनिक जीवनलाई व्यवस्थित बनाउने आवश्यक हिस्सा बनिसकेको छ। यही बदलिँदो आवश्यकता र उपभोक्ताको अपेक्षालाई ध्यानमा राख्दै माइडियाले नेपाली बजारमा आफ्नो नयाँ माइडिया डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको जनाएको छ।
आधुनिक डिजाइन, प्रयोगमैत्री संरचना तथा स्मार्ट सुविधासहित ल्याइएको यो रेफ्रिजेरेटरले नेपाली परिवारको दैनिक जीवनलाई थप सहज बनाउने विश्वास कम्पनीको रहेको छ। २० लिटर स्टोरेज भएको यस उत्पादनले साना तथा मध्यम आकारका परिवारका लागि पर्याप्त भण्डारण सुविधा उपलब्ध गराउने कम्पनीले बताएको छ।
आजका उपभोक्ताले समय बचतसँगै सहज र टिकाउ समाधान खोजिरहेका छन्। त्यसैलाई ध्यानमा राख्दै यो रेफ्रिजेरेटरमा डाइरेक्ट कूल नन-इन्भर्टर टेक्नोलोजी समावेश गरिएको छ, जसले प्रभावकारी चिसोपन कायम राख्न सहयोग पुर्याउँनुका साथै इजि मेकानिकल टेम्पेचर कन्ट्रोलले प्रयोगकर्तालाई आवश्यकता अनुसार तापक्रम नियन्त्रण गर्न सहज बनाउँने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, यस उत्पादनमा रहेको स्पेसस बिग कुलिङ जोनले फलफूल, तरकारी तथा अन्य खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्न मद्दत पुर्याउँनुका साथै दैनिक प्रयोगलाई अझ सहज बनाउन वोन टर्च डिफ्रोस्ट सिस्टम जडान गरिएको छ भने लो फोरेस्ट टेक्नोलोजीले अत्यधिक बरफ जम्ने समस्या कम गर्न सहयोग गर्ने भएकाले सफाइ तथा मर्मतमा सहजता ल्याउँछ।
त्यसैगरी, प्रयोगकर्ताको सुविधा र टिकाउपनलाई ध्यानमा राख्दै डुरेवल टेम्पर्ड ग्लास शेल्फहरू प्रयोग गरिएको छ, जसले बढी तौल भएका सामग्री पनि सुरक्षित रूपमा राख्न सक्ने क्षमता प्रदान गर्नुका साथै कन्भिनेन्ट एग एन्ड आईस ट्रेले दैनिक प्रयोगलाई व्यवस्थित बनाउँछ भने लो न्वाइज प्रर्फमेन्सले घरको शान्त वातावरणलाई असर नगरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ।
उपभोक्तालाई थप विश्वसनीय अनुभव प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले उत्पादनमा २ वर्षको वारेन्टी तथा कम्प्रेसरमा १० वर्षको वारेन्टी समेत उपलब्ध गराएको जनाएको छ। टेन इयर कम्प्रेसर वारेन्टीले उत्पादनको टिकाउपनप्रति कम्पनीको विश्वासलाई थप बलियो बनाउने अपेक्षा गरिएको बताइएको छ।
सीजी इलेक्ट्रोनिक्समार्फत नेपाली बजारमा उपलब्ध माइडियाका वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रोवेभ, एयर फ्रायर, भान्सासम्बन्धी उपकरण, पंखा, हिटर लगायत विभिन्न घरेलु विद्युतीय सामग्री उपभोक्तामाझ लोकप्रिय बन्दै गइरहेका छन्। आधुनिक प्रविधि, ऊर्जा बचत, शक्तिशाली कार्यक्षमता र टिकाउ गुणस्तरका कारण माइडिया उत्पादन नेपाली बजारमा भरपर्दो तथा विश्वासिलो ब्रान्डका रूपमा चिनिँदै आएका छन्।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
