• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ जेठ २०८३, बुधबार
०६ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक–पुल संरचनामा जोखिम बढेको निष्कर्ष
  • ६ घण्टा 

महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्‍यो विशेष अफर
  • ६ घण्टा 

आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु
  • ११ घण्टा 

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

प्रेस काउन्सिल अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान
  • १४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १६ घण्टा 

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
  • १ दिन 

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

  • ४. पश्चिमी तथा स्थानीय वायुको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

  • ५. संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. १० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो

  • ८. आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै

  • ९. भी-चित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड

  • १०. ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक–पुल संरचनामा जोखिम बढेको निष्कर्ष

जानकारी केन्द्र २०८३, जेष्ठ, ७

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले देशभर मालवाहक सवारी साधनमा हुने अत्यधिक भारवहन (ओभरलोडिङ) रोक्न सम्बन्धित निकायसँग कडाइका साथ कानुन कार्यान्वयन गर्न आग्रह गरेको छ।

महासंघले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा ‘मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ (संशोधन सहित)’ पूर्ण रूपमा लागू गर्न माग गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयहरूलाई औपचारिक पत्राचार गरेको हो।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाका अनुसार रुपन्देही, नवलपुर (कावासोती) र कैलाली लगायतका जिल्लामा तोकिएको कानुनी सीमा भन्दा बढी भार बोकेर मालवाहक सवारी सञ्चालन भइरहेको पाइएको छ। यसले सडक, पुल तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुर्‍याउनुका साथै सडक दुर्घटनाको जोखिम पनि बढाइरहेको उनले बताएका छन्।

“देशभर ओभरलोडिङको समस्या नियन्त्रण बाहिर जान नदिन अब कडाइका साथ नियम कार्यान्वयन आवश्यक छ। केवल जरिवानाले मात्र समस्या समाधान हुँदैन, लोडिङ स्थलमै नियन्त्रण गर्ने प्रभावकारी प्रणाली लागू गर्नुपर्छ,” अध्यक्ष बाँनियाले भने।

महासंघका अनुसार भन्सार नाका तथा ठूला औद्योगिक क्षेत्रबाट सञ्चालन हुने सवारी साधनमा समेत अत्यधिक भारवहनको समस्या देखिएको छ। ट्राफिक प्रहरीले नियमित अनुगमन तथा जाँच गर्दै आए पनि केवल जरिवानामा सीमित हुँदा समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको महासंघको ठहर छ।

यस समस्याको समाधानका लागि महासंघले ओभरलोड गरिएको सामान भन्सार बिन्दु वा लोडिङ स्थलमै अनलोड गर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने माग गरेको छ।

महासंघले निर्देशिकाअनुसार भन्सार नाकामै सवारी साधनको क्षमता अनुसार लोड मिलान गर्नुपर्ने, प्रस्थान,मध्य तथा गन्तव्य बिन्दुमा अनिवार्य तौल (वेटिङ) गर्ने व्यवस्था गर्नुपर्नेक्षमता भन्दा बढी मालसामान हटाएर मात्र सवारी सञ्चालन गर्नुपर्ने र नियम उल्लंघन गर्ने सवारी साधनमाथि कानुन अनुसार कडा कारबाही गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

यातायात व्यवस्था विभागले समेत मालवाहक सवारी साधनलाई तोकिएको भारवहन क्षमता अनुसार मात्र सञ्चालन गर्न निर्देशन दिँदै आएको बताइएको छ। अधिक भार बोकेको पाइएमा जरिवाना तथा अतिरिक्त मालसामान हटाएर मात्र सवारी सञ्चालन गर्न अनुमति दिइने स्पष्ट व्यवस्था रहेको विभागले जनाएको छ।

विभागका अनुसार ट्रकको एक्सल संरचनाअनुसार अधिकतम तौल १२ टनदेखि ४०.२ टनसम्म तोकिएको छ भने सेमी ट्रेलर तथा ट्रेलरका लागि अधिकतम ४९ टनभन्दा बढी भार बोक्न नपाइने नियम रहेको छ।

महासंघले सडक सुरक्षालाई दीर्घकालीन रूपमा सुनिश्चित गर्न, भौतिक पूर्वाधारको संरक्षण गर्न तथा दुर्घटना न्यूनीकरण गर्न सबै सरोकारवालाले नियम पालना गर्नुपर्नेमा जोड दिएको छ।

  • ट्रक यातायात व्यवसायी महासंघ
  • नेपाल ट्रक यातायात व्यवसायी महासंघ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्‍यो विशेष अफर
आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु
सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

ताजा

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक–पुल संरचनामा जोखिम बढेको निष्कर्ष

महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्‍यो विशेष अफर

आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.