सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौं । टेलि टक प्रा.ली., रमेश कर्प अन्तर्गतको कम्पनीले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ। उक्त सर्भिस सेन्टरमार्फत पोको ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ।
सानेपाको सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको यस अत्याधुनिक सर्भिस सेन्टरले ग्राहकहरूलाई द्रुत, भरपर्दो र ग्राहक-मैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। सेन्टरमा दक्ष प्राविधिक टोली, आधुनिक डाइग्नोस्टिक सुविधा तथा गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ, जसले ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्नेछ।
नेपालमा स्मार्टफोन तथा प्रविधि उपकरणहरूको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा गुणस्तरीय बिक्रीपछिको सेवाको आवश्यकता पनि बढ्दो क्रममा रहेको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै टेलि टक प्रा।ली। ले पोका प्रयोगकर्ताहरूका लागि सहज र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।
ग्राहकहरूले यहाँ डिभाइस जाँच, सफ्टवेयर सपोर्ट, वारेन्टी सेवा, मर्मत, नियमित मर्मतसम्भार तथा प्राविधिक परामर्शजस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन्।
यस अवसरमा टेलि टकका एक्जिक्युटीभ डाइरेक्टर सञ्जय अग्रवालले ग्राहकलाई छिटो, पारदर्शी तथा विश्वसनीय सेवा प्रदान गर्नु कम्पनीको प्रमुख उद्देश्य रहेको बताए। साथै, नेपालमा पोको ब्रान्डको सेवा पहुँच विस्तार गर्दै ग्राहक सन्तुष्टि अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।
सानेपास्थित यस नयाँ सर्भिस सेन्टरको सञ्चालनसँगै पोको प्रयोगकर्ताहरूले अब अझ सहज र व्यावसायिक बिक्रीपछिको सेवा प्राप्त गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। थप जानकारीका लागि ग्राहकहरूले कार्यालय समयभित्र सिधै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

