अाज फेरि बेवारीसे सवको सामुहिक दाह संस्कार
जानकारी केन्द्र
२०७३, फाल्गुन, २७
एक्सन फर सोसल चेन्ज’ नामक संस्थाले पाटन अस्पतालमा रहेका ४ वटा बेवारिसे शव संकलन गरी शुक्रवार सामुहिक दाहसंस्कार गरेको छ । संश्थाका अध्यक्ष ललितपुर, टिकाथली निवासी विनय जंग वस्नेतले संश्थाकै संश्थापक संरक्षक लाल बहादुर महर्जनको विशेष सहयोग र संश्थका अन्य साथि तथा शुभ चिन्तकहरूको सहयोगमा विगत ३ वर्ष पहिलेदेखि अस्पतालका रहेका ४४ वटा बेवारिसे शवहरूलाइ दाग बत्ति दिइ सकेका छन ।
एक्सन फर सोसल चेन्जका’संश्थापक संरक्षक लाल बहादुर महर्जन भन्छन ” मान्छेले मनोरञ्जनका नाममा अनगिन्ति फजुल खर्च र समयको बर्वाद गरिरहेका हुन्छन र पनि अात्म सन्तुष्ट र खुसि हरेक क्षण रहन सकेको देखिदैन । तर यस्ता परोपकारी काम गर्दा जति अात्मा सन्तुष्टि र खुसि अन्य केहि संग तुलना गर्न नसकिने भएकोले अाफ्नो संश्था संचालन लगायत संश्थाले गर्ने सबैकाममा निश्थार्थ रूपमा समर्पण भएको ले अरू संग सहयोगको याचना गर्नु भन्दा अाफैंले गाँस काटेर खर्च जुटाउनु परिरहेको अवश्थमा पनि अाफुलाइ भग्यमानि मान्छे भएको अनुभुति हुन्छ किनकि परोपकार गर्न धन मात्र भएर हुदैन मन पनि हुनु पर्छ मन मारेर हैन निश्वार्थ रूपमा मन खोलेर स्वच्छ अन्तर अात्मा देखिनै गरेको परोपकारमा जति अानन्द स्वर्गमा पनि पाउन सकिदैन” यस्तै संश्थाका अध्यक्ष विनय जंग वस्नेतले भने ” एक्लो अवश्थामा मैले एक्लै अाँट गरेर सुरू गरेको यो पवित्र काममा स्वतस्फुर्त रूपमा साथि भाइ तथा शुभ चिन्तक हरूको सहयोग र हाैसला थपिदै अाएको ले यस्तो परोपकारी काम लाइ अझ व्यवश्थतित रूपमा विस्तार गर्दै लैजानेमा अाफु दिन रात लागि रहेको छु कति ले झुटा अाश्वाशन दिने , गलत काम भन्ने गरे तथा डर देखाउने गरे ता पनि यो काम अाफ्नो अन्तरअात्माले भनेको काम भएको ले जस्ता सुकै कठिन परिश्थतिको सामना गर्नु परे पनि अाफ्नो जिम्वेवारी र कर्तव्य बाट पछि हटेर कुनै पनि हालतमा अाफ्नो अात्मा मारेर निहित स्वार्थमा फस्न सक्दिन म यो काम गर्नको लागि संपुर्ण कुरा त्याग्न सक्छु तर समाज मा कोहि पनि बेवारी हुनुहुदैन बेवारीसे भनिएका हरूको अब हामि हुनु पर्छ मलाइ लाग्छ म खासमा यस धर्तिमा यहि परोपकारी काम गर्न कै लागि जन्म लिएको हुँ “
एक्सन फर सोसल चेन्ज ( बेवारीसे व्यवश्थापन तथा पुनर्जिवन केन्द्र ) बिना कुनै अनुदान संश्थाका सदस्यको अान्तरिक सहयोग जुटाएर काम गर्दै अाइरहेको परोपकारि संश्था हो । एक्सन फर सोसल चेञ्जले एक सोचले मानिसको जिवन परिवर्तन गर्छ यि बेवारीसे भनिएकाहरुको अब हामि हुनु पर्छ भन्ने मुल नाराका साथमा काम गरिहेको छ ।
यो संश्था एक गैर नाफा मुलक परोपकारी, खास गरी लामो समय सम्म पहिचान नभएर अस्पतालमा बेवारीसे अवश्थामा रहेका सव हरुको दाह संस्कार गर्ने नेपालको एक मात्र मान्यता प्राप्त संश्था हो । यसका साथै बेवारीसे हुनबाट रोक्न सडक पेटि,पाटि, मठ मन्दिर लगायतका ठाँउमा बेवारीसे अवश्थामा रहेका बेवारीसे भनिएकाहरुको पहिचान गर्ने, संरक्षण गर्ने र व्यवश्थापन गर्ने कार्यहरु गर्दै आइरहेको छ । साथ साथै बेवारीसे हुन बाट रोक्न जनचेतनामुलक कार्यक्रम हरुको आयोजना पनि गर्दै आइ रहेको छ ।

सम्बन्धित समाचार
टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा निधन
आजदेखि दुई सिफ्टमा विद्युतीय राहदानी सेवा, सार्वजनिक बिदामा पनि कार्यालय खुला
देशैभरी मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल




