काठमाडौं । सन् २०१० की मिस नेपाल सदिच्छा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबिच आज मंगलबार विवाह बन्धनमा बाँधिदै छन् ।
काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका राहुल र सदिच्छाले एक वर्षदेखि डेट गरिरहेका थिए । दुवैले नेवारी परम्परा अनुसार लगनगाँठो कस्ने जनाइएको छ । आज गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन आयोजना गरिएको छ ।
नेवारी परम्परा अनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ । त्यसपछि केटा पक्षले भोज दिने चलन छ ।