काठमाडौं । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार मुलपानी माथिल्लो क्रिकेट मैदान नेपालले ओमानलाइ ९ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको हो ।
ओमानले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्न नेपाल सफल भएको हो ।
नेपालका लागि निरजकुमार यादवले ४६, साहिल पटेलले ४३ र कप्तान नरेन भट्टले अविजित १२ र सन्तोष यादवले अविजित १० रन बनाएका थिए । पहिलो विकेटका लागि निरज र शाहिलले ८५ रनको साझेदारी गरेका थिए । ओमानका लागि दुवै विकेट सौम्यभविन सम्पतले लिएका हुन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो । अब नेपालले बुधबार हङकङको सामना गर्नेछ ।