काठमाडौं । आज पिपुल्स पावर कम्पनीको आईपीओको लागि आवेदन दिने अन्तिम दिन रहेको छ । उक्त आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।
बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ । उक्त कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
निस्काशित सेयरमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता छुट्याइएको छ । त्यस्तै, इलाम जिल्लाका बासिन्दालाई ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी गरिएको छ ।
खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाखा र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन पाउनेछन् । यसबाहेक सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत पनि उक्त आईपीओमा आवेदन दिन पाइनेछ ।